शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

प्रसूति गृह अस्पतालमा परामर्श लिन परेमा यो नम्बरमा फोन गर्नुहोस्

मङ्गलबार, २१ वैशाख २०७८, १६ : १४
मङ्गलबार, २१ वैशाख २०७८

 
कोरोना संक्रमण दर बढेपछि परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल (प्रसूति गृह)ले गर्भवती तथा स्त्रीरोग सम्बन्धी परामर्श दिनका लागि टोल फ्रि नम्बर संचालनमा ल्याएको छ ।
 महामारीको समयमा अस्पताल आउन नसक्ने बिरामीका लागि सो सेवा सञ्चालनमा ल्याएको हो ।

फ्रि नम्बर, १६६००१०००४६ र मोवाइल नम्बर ९८६००१८०३४ र ९८६००१८०३५ समेत सेवाग्राहीका लागि संचालनमा ल्याएको अस्पतालले जनाएको छ । यस्तै संक्रमणको कारण अस्पताल आउन नसकेका व्यक्तिले अस्पतालबाट जानकारी लिनुपरेमा ०१—४२६१३६३, ०१—४२५३२७६, ०१—४२१२५६८  र ०१—४२१२५५९ मा समेत फोन गर्न सक्ने छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप