इन्टर मिलानको फ्रोसिनोनमाथि शानदार जित
काठमाडौँ । इटालियन सिरी ए को उपाधि जितिसकेको इन्टर मिलानले फ्रोसिनोनमाथि शानदार जित दर्ता गरेको छ । शुक्रबार राति भएको खेलमा इन्टरले फ्रोसिनोनमाथि ५–० को एकतर्फी जित निकालेको हो । सुरुदेखि नै हावी भएको इन्टरलाई डेभिडन फ्रेटेसीले १९ औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफमा १ गोल गरेका इन्टरले अरु बाँकी चार गोल दोस्रो हाफमा थपेको हो ।
मार्को अर्नोअटोभिकले ६० औँ मिनेटमा गोल गर्दै इन्टरको अग्रता दोब्बर बनाए । उनले फ्रेटेसीको पासमा गोल गरेका थिए । ७७ औँ मिनेटमा टाजन बोचनानले स्टेफेनो सेन्सीको पासमा गोल गर्दै अग्रता तेब्बर बनाएको थियो । ८० औँ मिनेटमा लाउटारो मार्टिनेजले गोल गरेपछि इन्टर ४–० ले अघि बढेको थियो ।
यस्तै, मार्टिनेजको पासमा मार्कस थुरमले गोल गर्दै इन्टर मिलानको जित ५–० ले पक्का गरे । जितपछि इन्टर मिलान ३६ खेलबाट ९२ अंकका साथ शीर्ष स्थानमा छ भने पराजित भएको फ्रोसिनो समान खेलबाट ३२ अंकका साथ १७ औँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण