केन्द्रीय संस्करण

यी हुन् भारतबाट आएकाहरुलाई राख्न उपत्यकामा तोकिएका होटल क्वारेन्टिन

person explore access_timeबैशाख २४, २०७८ chat_bubble_outline0

काठमाडौं । सरकारले भारतबाट आएका पर्यटकहरूलाई राख्न उपत्यकाका विभिन्न होटलहरुलाई क्वारेन्टिन तोकेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको गत बैशाख १९ गतेको निर्णयअनुसार एयर बबल सुविधा अन्तर्गत भारतबाट हवाई उडान मार्फत नेपाल आउनेहरूका लागि उपत्यकाका विभिन्न स्थानका ८ वटा होटलहरुलाई क्वारेन्टिनको रुपमा तोकिएको छ । 

जसमा गोदावरीको भ्यू भृकुटी, गुह्यश्वरीको माधव होटल, एयरपोर्टको होटल एयरपोर्ट, गौशालाको आमलम्दम्, रिडर्स ईन र आनन्द आश्रम, जगातीको फार्म हाउस रिसोर्ट र जगातीकै अर्को ए वान रिसोर्ट तोकिएको छ ।  यी होटलहरूमा भारतबाट आएकाहरुले अनिवार्य १० दिन होटल क्वारेन्टिनको रुपमा प्रयोग गर्नुपर्नेछ भने सेवाग्राहीहरुबाट होटलले बढीमा दिनको ३ हजारसम्म लिन पाउने गरि सरकारले दर रेट तोकिदिएको छ । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.