मकवानपुरमा थप १ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि
मकवानपुर । मकवानपुरमा आइतबार थप १ सय ३४ जना कोरोना संक्रमित थपिएका छन् । कुल १ सय ९७ जनाको स्वाब संकलन गरी पिसीआर र एन्टिजेन प्रविधिबाट कोरोना परीक्षण गर्दा ५४ जना महिला र ८० जना पुरुषमा संक्रमण पुष्टि भएको हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले जानकारी दिएका छन् ।
उनकाअनुसार संक्रमण पुष्टि हुनेमा मकवानपुरका १ सय २८ जना रहेका छन् भने अन्य ३ जना बाहिरी जिल्लाको रहेका छन् । संक्रमण पुष्टि हुनेमा सबैभन्दा बढी हेटौँडा उपमहानगरपालिकामा १ सय २३ जना रहेका छन् भने भीमफेदी गाउँपालिकाका ३ जना, बकैया गाउँपालिका र राक्सिराङ गाउँपालिकाको १÷१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निरिक्षक चौलागाईंले बताए ।
त्यस्तै हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ का ३० जना, हेटौंडा–५ का १९ जना, हेटौंडा– ९ का १७ जना, हेटौँडा–२ का १३ जना, हेटौंडा–११ का ११ जना, हेटौँडा–८ का ६ जना, हेटौंडा–१० का ५ जना, हेटौँडा–७ का ५ जना, हेटौँडा–१ का ३ जना, हेटौँडा–३ का २ जना, हेटौँडा–६ का २ जना, हेटौँडा–१३ का २ जना, हेटौँडा–१६ का २ जना, हेटौँडा–१४ का १ जना, हेटौँडा–१९ मा १ जना र हेटौँडा वडा खुल्न नसकेको ४ जनामा संक्रमण पुष्टि भएको छ ।
मकवानपुरमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण दर ६८ प्रतिशत रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भृकुटीमण्डपको खुला बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन
-
ज्ञानु राणालाई ‘दीर्घ साधना सम्मान’ प्रदान
-
महासंघका प्रतिनिधिले भेटे पर्यटन मन्त्री, बजेटमार्फत समस्या समाधान गर्नुपर्नेमा जोड
-
गण्डकीमा डायलायसिस सहज, बिरामीले पालो कुर्नु नपर्ने
-
विद्यार्थीले सत्ताको ताबेदारी गर्ने होइन : मन्त्री गिरी
-
संवैधानिक परिषद्को निर्णय सर्वसम्मतिले गर्नुपर्छ भन्नेमा अडिग छुः गृहमन्त्री लामिछाने