मकवानपुरमा थप १ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि
मकवानपुर । मकवानपुरमा आइतबार थप १ सय ३४ जना कोरोना संक्रमित थपिएका छन् । कुल १ सय ९७ जनाको स्वाब संकलन गरी पिसीआर र एन्टिजेन प्रविधिबाट कोरोना परीक्षण गर्दा ५४ जना महिला र ८० जना पुरुषमा संक्रमण पुष्टि भएको हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले जानकारी दिएका छन् ।
उनकाअनुसार संक्रमण पुष्टि हुनेमा मकवानपुरका १ सय २८ जना रहेका छन् भने अन्य ३ जना बाहिरी जिल्लाको रहेका छन् । संक्रमण पुष्टि हुनेमा सबैभन्दा बढी हेटौँडा उपमहानगरपालिकामा १ सय २३ जना रहेका छन् भने भीमफेदी गाउँपालिकाका ३ जना, बकैया गाउँपालिका र राक्सिराङ गाउँपालिकाको १÷१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निरिक्षक चौलागाईंले बताए ।
त्यस्तै हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ का ३० जना, हेटौंडा–५ का १९ जना, हेटौंडा– ९ का १७ जना, हेटौँडा–२ का १३ जना, हेटौंडा–११ का ११ जना, हेटौँडा–८ का ६ जना, हेटौंडा–१० का ५ जना, हेटौँडा–७ का ५ जना, हेटौँडा–१ का ३ जना, हेटौँडा–३ का २ जना, हेटौँडा–६ का २ जना, हेटौँडा–१३ का २ जना, हेटौँडा–१६ का २ जना, हेटौँडा–१४ का १ जना, हेटौँडा–१९ मा १ जना र हेटौँडा वडा खुल्न नसकेको ४ जनामा संक्रमण पुष्टि भएको छ ।
मकवानपुरमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण दर ६८ प्रतिशत रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
किन आन्दोलित छन् झण्डै १३ हजार चिकित्सक ?
-
रास्वपा लुम्बिनी प्रदेश अधिवेशन : सभापतिका लागि पुनः मतदान हुने
-
‘झोर्ले हजुर’ मार्फत विष्णु माझीले दिइन् सर्प्राइज
-
हाइटीविरुद्ध पहिलो हाफमा स्कटल्यान्डलाई अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण