मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

निषेधाज्ञाकै बीच आकस्मिक रक्तदान हुने

बुधबार, २९ वैशाख २०७८, १३ : ५९
बुधबार, २९ वैशाख २०७८

कठमाडौं । कोभिड–१९ का कारण राजधानीसहित देशका सबै जसो स्वास्थ्य केन्द्रहरुमा रगतको चरम अभाव भएपछि आकस्मिक रक्तदान गरिने भएको छ । लायन्स क्लब अफ काठमाडौं सोसियल फ्रेन्ड्सको सक्रियतामा अटो नेपाल र सहयोगी महिला जागरण मञ्चको संयुक्त पहलमा आगामी जेष्ठ १ गते शनिवार रातो पुलमा आकस्मिक रक्तदान कार्यक्रम हुने भएको हो । 
रातो पुलको नेशनल बाथ रोग सेन्टरमा हुने उक्त रक्तदान कार्यक्रममा कोभिड–१९ का बिरुद्ध पूर्ण सावधानीका विधिहरु अपनाएर प्रहरीसँगको सहकार्य गरिने आयोजक लायन्स क्लबले जानकारी दिएको छ । रक्तदाताहरुलाई स्पर्टसम्म ल्याउने वातावरण समेत आयोजक पक्ष गरिरहेको जनाएको छ । 

आयोजकले रक्तदाता बढाई दिन सम्पूर्णलाई आव्हान पनि गरेको छ । नेपाल रेडक्रस सोसाइटीले फोन गरेर सामान्य गर्भवती महिला र अपरेशन हुनैपर्ने बिरामीको पनि रगत अभावले अपरेशन हुन नसकेको बताएपछि आकस्मिक रक्तदान कार्यक्रमको आयोजना गरिएको लायन्स क्लब अफ काठमाडौं सोसियल फ्रेन्ड्सका अध्यक्ष भुषणकुमार श्रेष्ठले जानकारी दिए । 

सो अवसरमा अध्यक्ष श्रेष्ठले यस्तै अवस्थामा सहयोग खाँचो पर्ने र सहयोग गर्नुपर्ने बताउँदै सम्भव भएसम्म हरेक दुई–दुई हप्तामा लायन्सले सकेको रगत संकलन गरेर रेडक्रसलाई बुझाउने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप