ललितपुरमा बुधबार स्थानीय बिदा
मङ्गलबार, ०८ जेठ २०८१, २१ : २३
ललितपुर । ललितपुर महानगरपालिकाले बुधबार स्थानीय बिदा दिने निर्णय गरेको छ । रातो मच्छिन्द्रनाथको रथजात्राको रथ तान्ने क्रममा लगनखेलमा हुने नरिवल खसाल्ने शुभ मुहूर्तमा नगरवासीको उल्लेख्य उपस्थिति हुने तथा परम्परादेखिको धार्मिक महत्त्वको दिन भएको भन्दै महानगरपालिकाले बिदा दिने निर्णय गरेको हो ।
ललितपुर महानगरपालिका नगरकार्यपालिकाको मिति २०८१/०१/१८ गतेको बैठकले महानगरपालिका र मातहतका कार्यालयहरूमा स्थानीय बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठले जानकारी दिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण