फिनल्याण्डमा मिथिला चित्रकला प्रदर्शनी
काठमाडौँ । युरोप भ्रमणमा रहेकी मिथिला चित्रकार रञ्जु यादवले फिनल्याण्डमा आफ्नो विभिन्न मिथिला चित्रकाला प्रदर्शनी गरेकी छिन् । गैरआवासीय नेपाली संघ (एनआएनए) फिनल्याण्डको आयोजनामा फिनल्याण्डको राजधानी हेलसिन्कीमा एक दिवसीय चित्रकला प्रदर्शनी सम्पन्न भएको चित्रकार रञ्जुले बताइन् ।
प्रदर्शनीमा चित्रकार यादवका ४० वटा मिथिला चित्र राखिएका थिए । उनका चित्रहरू नेपाली समाज र संस्कृतिका राम्रा पक्षको उजागर र नराम्रा पक्षमाथि प्रहार गर्ने खालका छन् । यसअघि जर्मनी र डेनमार्कमा समेत उनले आफ्ना मिथिला चित्रहरू प्रदर्शन गरिसकेकी छिन् ।
नेपाली समाज जर्मनीको आयोजनामा गत वैशाख ८ गते जर्मनीको फ्र्यान्कफर्टमा उनको एकल चित्रकला प्रदर्शनी भएको थियो । त्यसपछि बर्लिनको नेपाली दूतावासमा पनि एक दिनका लागि उनका चित्रहरू प्रदर्शनीमा राखिएको थियो ।
यस्तै, जेठ ११ र १२ गते डेनमार्कको राजधानी कोपनहेगनमा उनको दुई दिवसीय एकल चित्रकला प्रदर्शनी आयोजना गरिएको थियो । त्यसलाई डेनमार्कस्थित नेपाली दूतावास, एनआएनए डेनमार्क र रेस्टुरेन्ट नेपाली भान्छाले संयुक्त रूपमा आयोजना गरेको थियो ।
त्यसअघि एनआएनए डेनमार्कले आयोजना गरेको एक दिवसीय मिथिला आर्ट वर्कशपमा चित्रकार यादवले करिब पचास जना नेपाली र भारतीय बालबालिका र उनका अभिभावकलाई मिथिला चित्र बनाउन सिकाएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपूर्वमा तनाव: इराक र सिरियाद्वारा हवाई क्षेत्र बन्द
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
-
रास्वपा सुर्खेतको सभापतिमा पुनः सापकोटा
-
रास्वपा गोरखाको सभापतिमा क्षेत्री विजयी
-
इरिक्सनको स्वास्थ्यमा सुधार, ‘पेसमेकर’ ले सही काम गरेको चिकित्सकको भनाइ
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन इरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण