रासफोर्ड र हेन्डरसन इंग्ल्याण्डको टोलीमा अटाएनन्
लण्डन । मार्कस रासफोर्ड र जोर्डन हेन्डरसनलाई युरो २०२४ का लागि ग्यारेथ साउथगेटको ३३ सदस्यीय अस्थायी इङ्ल्यान्ड टोलीबाट बाहिर राखिएको छ ।
म्यानचेस्टर युनाइटेडका २६ वर्षीय फरवार्ड रासफोर्डले यस सिजनमा ७ गोल गरेका छन् भने ३३ लिग खेलमा दुई असिस्ट गरेका छन् । गत मार्चमा बेल्जियमविरुद्ध खेलमा बाहिर राखिनुअघि उनले यो सिजन इङ्ल्यान्डका सात खेल खेलेका थिए । रासफोर्डले सामाजिक सञ्जालमा टोलीको स्क्रिनसट साझा गर्दै गारेथ र टोलीका सदस्यहरूलाई प्रतियोगिताका लागि शुभकामना दिएका छन् ।
उता हेन्डरसन लिभरपुलबाट साउदी अरबको अल-इतिफाकमा सामेल भएका थिए । तर गत जनवरीमा उनी सङ्घर्षरत आयाक्सको टोलीमा अनुबन्धन हुन पुगे ।
हेन्डरसन मार्चमा ब्राजिल र बेल्जियमविरुद्धको मैत्रीपूर्ण खेलका लागि टोलीमा समावेश थिए तर खेल्न भने पाएका थिएनन् ।
साउथगेटले यसबाट पनि कम्तीमा सात खेलाडी काट्नु पर्नेछ । जर्मनीमा हुने प्रतियोगिताका लागि २६ खेलाडीहरूको अन्तिम टोली दर्ता गर्न जुन ७ को मध्यरातसम्मको समयसीमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण