शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भरुवा बन्दुक पड्किँदा मकवानपुरमा १ जना घाइते

बुधबार, २९ वैशाख २०७८, १६ : ३३
बुधबार, २९ वैशाख २०७८

काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–७ स्थित भालेडाँडा जंगलमा भरुवा बन्दुक पड्किएर एकजना घाइते भएका छन् । भाले डाँडा सामुदायिक वनमा बाख्रा चराउन गएका गगनबहादुर सिञ्जाली घाइते भएका हुन् ।

असावधानीपूर्वक बन्दुक पड्किँदा बन्दुक बोकेर जंगल भएका सिञ्जाली घाइते भएका हुन् । उनलाई आफन्तले हेटौंडास्थित सन्चो अस्पतालमा उपचार गराउन लगेपछि प्रहरीले घटना थाहा पाएको थियो । उनको कम्मरको दायाँ भागमा चोट लागेको छ ।

अवैध रुपमा  गनगन बहादुरले प्रयोग गरेको बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता (डिएसपी) जयश्वर रिमालले रातोपाटीलाई बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप