भीमेश्वर नगरपालिकाद्वारा कोरोनाबाट सङ्क्रमितलाई निःशुल्क उपचारको घोषणा
बुधबार, २९ वैशाख २०७८, १९ : ०८
चरिकोट । दोलखाको भीमेश्वर नगरपालिकाले कोरोनाबाट सङ्क्रमित नगरवासीलाई निःशुल्क उपचार तथा पोषण र एम्बुलेन्स खर्च गरी जनही रु दश हजार दिने निर्णय गरेको छ । नगरभित्रका नागरिक सङ्क्रमित भएमा रु दुई हजार पोषण खर्च र बिरामीलाई अन्य स्थानमा लैजानुपरे रु आठ हजार एम्बुलेन्स खर्च दिने निर्णय भएको नगरप्रमुख भरतबहादुर केसी जानकारी दिए ।
यस्तै कोरोनाबाट नागरिकको मृत्यु भएमा मृतक परिवारलाई सामाजिक कार्य गर्न रु १५ हजार दिइनेछ । सो नगरपालिका र प्रदेश सरकारको आर्थिक सहयोगमा सञ्चालित चरीकोट अस्पतालमा हाल चालीस शैय्याको आईसोलेशन कक्ष निर्माण गरिएको छ । कोभिड–१९ को दोस्रो लहरबाट नगरपालिका ९५ जनामा पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
-
रास्वपा कर्णाली प्रदेशको अधिवेशन सुरु हुँदै, सभापतिका आकाङ्क्षी चार जना
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण