शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

निषेधाज्ञा जारी नभएका चार जिल्ला मात्र बाँकी

बुधबार, २९ वैशाख २०७८, २१ : ५८
बुधबार, २९ वैशाख २०७८

नेपालमा कोरोनाभाइरसको संक्रमण फैलिदै गर्दा निषेधाज्ञा जारी गर्ने जिल्लाहरु पनि बढिरहेका छन् । अब देशभर चार जिल्लामा मात्र निषेधाज्ञा जारी गरिएको छैन । गृह मन्त्रालयका अनुसार बुधबार साँझ ७ बजेसम्म ७३ वटा जिल्लामा आंशिक तथा पूर्ण निषेधाज्ञा जारी भइसकेका छन् ।

देशका अधिकांश भागमा निषेधाज्ञा जारी रहँदा पनि नेपालको संक्रमणदर उच्च रहेको छ । पछिल्ला केही दिनमा नेपालमा प्रति दिन ९ हजारभन्दा बढी संक्रमित फेला परिरहेका छन् । बुधबार पनि नयाँ संक्रमितको संख्या ९ हजार बढी रहेको छ । कूल २० हजार ७८६ जनाको परीक्षण गर्दा ९ हजार ३०५ जनामा संक्रमण पुष्टि भयो । यसले परीक्षण गरेका मध्ये ४५ प्रतिशतमा संक्रमण पुष्टि भइरहेको देखाउँछ ।

नेपालमा कूल संक्रमितको संख्या ४ लाख २२ हजार ३४९ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १ लाख १ हजार ६३४ पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप