शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाबाट रेडियोका स्टेशन म्यानेजर चौधरीको मृत्यु

बुधबार, २९ वैशाख २०७८, २२ : ३३
बुधबार, २९ वैशाख २०७८

रौतहट । रेडियो मधेस मसला गरुडाका स्टेसन म्यानेजर मनोज  कुमार चौधरीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । गरुडा नगरपालिका घर भएका पत्रकार चौधरीको नारायणी अस्पताल वीरगञ्जमा उपचारको क्रममा बुधबार साँझ साढे ६ बजे मृत्यु भएको हो ।

घरमै रहेका बेला कोरोना संक्रमित भएका ४० वर्षीय चौधरी पछिल्लो २ सातादेखि  नारायणी अस्पताल वीरगञ्जमा उपचाररत रहेका थिए । कोरोना संक्रमणका कारण  मंगलबार मात्रै प्रेस युनियनका कोषाध्यक्ष रामादेवी यादवको गौर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप