कोरोना जोखिम बढेपछि कञ्चनरुप नगरपालिका सिल
सप्तरी । सप्तरीको उत्तरपूर्वी भेगमा रहेको कञ्‍चनरुप नगरपालिकामा कोरोना भाइरस तीव्ररूपमा बढिरहेको भन्दै आजदेखि नगरपालिका सिल गरिएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को आज बसेको बैठकले नगरपालिका सिल गर्ने निर्णय गरेको सप्तरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।
बैठकले कञ्‍चनरुप नगरपालिकामा जिल्लामै सबैभन्दा सङ्क्रमण दर बढी देखिएकाले सबै वडा सिल गरेर आवतजावतमा कडाइ गर्ने निर्णय गरेको प्रजिअ पोखरेलले बताए । बिहीबार मात्रै उक्त नगरपालिकामा ४८ जनाको पिसिआर जाँच गर्दा ३७ जनामा कोरोना पुष्टि पाइएको थियो ।
कञ्चनरुपमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या १२५ पुुगेको छ । सङ्क्रमितमध्ये सबैभन्दा बढी वडा नं ८ मा ७५ जना रहेको नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । वडा नं १ बाहेक सबै वडामा कोरोना सङ्क्रमित भएको बताइएको छ । कोरोनाका कारण कञ्चनरुपमा मात्रै अहिलेसम्म पाँचको मृत्यु भइसकेको जनाइएको छ ।
बिहीबार मात्र तीन सङ्क्रमितको मृत्यु भएको थियो । समुदायस्तरमा कोरोना भाइरस व्यापकरूपमा फैलिरहेकाले रोकथाम तथा नियन्त्रणका लागि एक साता कञ्चनरुपमा स्वास्थ्य सेवाबाहेक सम्पूर्ण सेवा बन्द गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण