मुद्दती खाता इमेलबाट नवीकरण गर्न सकिने
काठमाडौं । निषेधाज्ञा अवधिभर मुद्दती खाता नवीकरण इमेलबाटै गर्न सकिने भएको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै नेपाल बैंकर्स संघले सम्बन्धित बैंकलाई इमेलमार्फत अनुरोध गर्न सकिने आग्रह गरेको छ । यदि कुनै परिस्थितिवस इमेल गर्न नसकिएको खण्डमा निषेधाज्ञा समाप्त भएको ७ दिन पछि सम्म मुद्दती परिपक्व भएको मितिबाट नै लागू हुने गरि नवीकरण गर्न सकिने विज्ञप्तिमा भनिएको छ ।
बैंकिङ्ग कारोवार वा बैंकसँग सम्बन्धित अन्य कुनै सेवा, सुझाब, गुनासो भए बैंकको वेभसाइट सम्बन्धित अधिकारीको सम्पर्क नम्बर राखिएको तथा कल सेन्टर सेवा समेत उपलब्ध भएको संघले भनेको छ ।
कोभिडको दोस्रो लहर बढेसँगै समस्त ग्राहक वर्गहरुमा बैंकिङ्ग कारोवार घरैबाट गर्न संघले आग्रह गरेको छ । मोबाइल तथा इन्टरनेट बैंकिङ्ग मार्फत एक खाता बाट अर्कोमा रकम स्थानान्तरण, खाता ब्यालेन्स हेर्ने, विभिन्न बिल भुक्तानी हरु लगायतका कार्यहरु गर्न सकिनेछ ।
सामान खरिद गर्दा समेत उपलब्ध भएसम्म कार्डको प्रयोग तथा क्यूआर मार्फत भुक्तानी गरी सकेसम्म नगद कारोवार कम गर्न संघले आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा मलामी बोकेको गाडी दुर्घटना, १८ जना घाइते
-
व्यासको मतगणनामा के भएको थियो २ वर्षअघि ?
-
आईपीएलमा आज : राजस्थानलाई शीर्ष दुईमा स्थान पक्का गर्ने अवसर
-
सत्ता गठबन्धनले पार्टी विभाजन गरेको जसपा नेपालको निष्कर्ष
-
गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य ४०, आलु रातोको ५२ रुपैयाँ (सूचीसहित)
-
आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यम बन्दै महसिकार