ओखलढुंगामा एकैदिन ६६ जना कोरोना संक्रमित थपिए
ओखलढुंगामा बुधबार एकैदिन ६६ जना कोरोना संक्रमित थपिएका छन् । गत सोमबार जिल्लाका तीन स्थानीय तहबाट १ सय ४६ जना शंकास्पद व्यक्तिहरूकोे स्वाव संकलन गरेर परीक्षण गरिएकोमा ६६ जनामा संक्रमण पोजेटिभ देखिएको हो । नयाँ थपिएका संक्रमितमध्ये ३४ जना महिला र ३२ जना पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यलय ओलखढुंगाले जनाएको छ ।
संक्रमित देखिएकामध्ये सुनकोशी गाउँपालिकाका १९ जना, चिशंखुगढी गाउँपालिकाका २२ जना र लिखु गाउँपालिकाका २५ जना रहेको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले जानकारी दिए । संक्रमित देखिएकाहरू १८ देखी ७० बर्ष सम्मका रहेका छन् ।
उनीहरु सबैको स्वास्थ्य अवस्था समान्य रहेको र हाल होम आइसोलेसनमा रहेको स्वास्थ्य प्रमुख तिवारीले बताए । योसँगै जिल्लामा कोरोना संक्रमितको कुल संख्या १ सय ७० पुगेको छ । यीमध्ये ९ जनाले कोरोना संक्रमणपछि निको भई घर फर्किएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण