बुबालाई सम्झँदै भावुक भए सञ्जय दत्त
मुम्बई । बलिउड अभिनेता सञ्जय दत्तका बुबा स्वर्गीय सुनील दत्तले एक से एक राम्रा फिल्ममा काम गरेका थिए । उनको अभिनयको मानिस दिवाना थिए । सुनीलको भौतिक शरीर यो संसारमा नरहे पनि उनका प्रशंसक आज पनि उनको सम्झना गर्ने गर्दछन् । सुनील दत्तले २००५ मे २५ मा यो संसारबाट सदा सदाका लागि बिदा लिएका थिए ।
बुबाको पुण्य तिथि पारेर सञ्जयले बुबासँग भएको एक तस्बिर सामाजिक सञ्जालमा शेयर गर्दै भावुक पोष्ट गरेका छन् । उनले लेखेका छन्– ‘आमाबुबा, एक आदर्श, एक साथी, एक गुरु तपाई मेरो सबथोक हुनुहुन्थ्यो । लभ यु बुबा, मिस यु ।’ सञ्जयले शेयर गरेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
सञ्जय अहिले जुन उचाईंमा छन् । त्यो हुनुमा उनको आमा बुबाको योगदान महत्वपूर्ण रहेको छ । सञ्जय दुबैको नजिक थिए । आमा नरगिस गुमाइसकेका सञ्जय बुबा सुनीलको निधनले निकै दुःखी छन् । सुनीलको निधन हृदयघातका कारण भएको हो । निधनको १२ दिनपछि उनको ७६ औं जन्मदिन थियो । सुनील पछिल्लो समय ‘मुन्नभाई एमबीबीएस’ मा देखिएका थिए । सञ्जयले केही अगाडि पनि आमा नरगिसको सम्झनामा एक भावुक पोष्ट शेयर गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अपराध अनुसन्धानमा सूचनाप्रविधिको प्रयोग सहजतासँगै चुनौती
-
कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै
-
मलेसियामा फिफा विश्वकपसँग सम्बन्धित सट्टेबाजीमा संलग्न ३३१ जना पक्राउ
-
आँप पकाउन क्याल्सियम कार्बाइड प्रयोग नभएको पुष्टि
-
‘असारे पानी साउने झरी’ मा सन्दीप र बिनाको रोमान्स
-
एसेट म्यानेजमेन्ट कम्पनी : बैंकिङ क्षेत्र सुधार्ने सरकारको ‘एक्सन प्लान’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण