एनआरएनए मेरिल्याण्ड च्याप्टरमा पराजुली निर्वाचित
गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको मेरिल्याण्ड च्याप्टरको अध्यक्षमा राजु पराजुली निर्वाचित भएका छन् । यसअघि उनी उक्त च्याप्टरमा उपाध्यक्ष थिए ।
यसै साता मेरिल्याण्डमा भएको निर्वाचनबाट पराजुलीसहित १३ सदस्यीय च्याप्टर चयन भएको छ । अध्यक्षमा पराजुलीले मेरिल्याण्डकै विष्णु बराललाई पछि पार्दै निर्वाचित भएका हुन् ।
उपाध्यक्षमा प्रेम सुवेदीसहित सचिवमा प्रविण खड्का, कोषाध्यक्षमा रमेश श्रेष्ठ, महिला संयोजकमा सिर्जना बराल, युवा संयोजकमा सञ्जोक कार्कीलगायत् निर्वाचित भएका छन् ।
मेरिल्याण्डमा बस्दै आएका पराजुली स्थापित व्यवसायी हुन् । निर्वाचित भएलगत्तै उनले प्रतिद्वन्द्वीलाईसमेत समेट्दै सबैलाई ऐक्यबद्ध बनाएर लैजाने प्रतिक्रिया दिएका छन् ।
“मैले नेपाल र नेपालीको हितका लागि काम गर्ने छु”, उनले भने, “मिलेर अघि बढ्दा त्यसको प्रतिफल राम्रो हुन्छ भन्ने हाम्रो बुझाई छ ।” पराजुलीसँग बाल्टिमोरस्थित् विभिन्न नेपाली संस्थामा रहेर काम गरेको अनुभव छ । उनले नेपालमासमेत संस्थागत हिसाबले सहयोग गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘दर्शन सलाम’का साहिमा र डेबिट उत्कृष्ट
-
अभ्यास खेलमा भोलक्यानोजसँग नेपाल ६७ रनले पराजित
-
नदीजन्य पदार्थको ठेक्का अधिकार स्थानीय तहबाट खोसेर वन कार्यालयलाई दिने तयारी
-
दोदा बगरमा सागसब्जी फलाएर आकर्षक आम्दानी गर्दै पाँच सय किसान
-
फेवातालको मापदण्ड घटाउन जग्गाधनीले दिए सर्वोच्चमा रिट
-
पोखरा महानगरलाई लेखा समितिको निर्देशन: बेरुजु नतिर्नेको तीनपुस्ते सार्वजनिक गर