एमालेले आज पनि बोलायो बैठक : के गर्ला निर्णय ?
आन्तरिक विवादको भुमरीमा फसेको सत्तारुढ दल नेकपा एमालेको स्थायी कमिटीको बैठक बुधबार पनि बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा चार बजेलाई बैठक बोलाइएको स्थायी समिति सदस्य छविलाल विश्वकर्माले जानकारी दिए ।
बैठकमा पार्टी एकताका लागि दोस्रो तहका नेताबीच भएका छलफलबारे ब्रिफिङ गर्ने तयारी छ । साथै बजेट र लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा उप निर्वाचनलगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन् । नेता माधव नेपाल पक्षले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेकाले लगभग एकता टरिसकेको निश्कर्ष निकालेको ओली पक्षले एकताका लागि भन्दै अन्तिम समयसम्म पहल गर्ने मंगलबारको बैठकले निर्णय गरेको थियो ।
यद्यपी एमाले एकता टरिसकेको निष्कर्षमा अध्यक्ष ओली र माधव नेपाल दुवै पुगिसकेका छन् । तर, यसअघि स्पष्टिकरण सोधिएका १२ जना नेतालाई कारवाही रोकेर ओली पक्षले उनीहरुलाई आफूतिर ल्याउने प्रयास गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
किन आन्दोलित छन् झण्डै १३ हजार चिकित्सक ?
-
रास्वपा लुम्बिनी प्रदेश अधिवेशन : सभापतिका लागि पुनः मतदान हुने
-
‘झोर्ले हजुर’ मार्फत विष्णु माझीले दिइन् सर्प्राइज
-
हाइटीविरुद्ध पहिलो हाफमा स्कटल्यान्डलाई अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
