शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

१८ वर्ष माथिका सबै भारतीयलाई निःशुल्क खोप उपलब्ध गराउने मोदीको घोषणा

सोमबार, २४ जेठ २०७८, २१ : ३२
सोमबार, २४ जेठ २०७८

 भारत सरकारले १७ वर्ष उमेर माथिका आफ्ना सबै नागरिकका लागि कोरोनाविरुद्धको खोप निःशुल्क उपलब्ध गराउने भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार राष्ट्रलाई सम्बोधन गर्दै उक्त घोषणा गरेका हुन् ।

२१ जुनबाट १८ वर्ष माथिका सबै भारतीय नागरिकका लागि निःशुल्क खोप अभियान सुरु गरिने उनले बताएका छन् । कोरोना संक्रमणलाई ‘शताब्दीकै ठुलो महामारी’ भनेका उनले यस्तो महामारी आधुनिक विश्वले कहिल्यै नदेखेको बताए ।

कोभिड–१८ विरुद्ध संघर्षका लागि विगत सवा वर्षमा देशले नयाँ स्वास्थ्य संरचना तयार पारेको मोदीको भनाइ छ । संक्रमणको दोस्रो लहरमा अक्सिजनको माग गरेको र माग अनुसारको आपूर्तिका लागि युद्धस्तरमा काम गरेको उनले बताए ।

मोदीले भारतमा हालसम्म २३ करोड डोज खोप लगाइसकेको जानकारी पनि दिए । आगामी दिनमा खोपको आपूर्ति बढ्ने पनि उनले बताए ।

मोदीले खोप निर्माताबाट कुल खोप उत्पादनको ७५ प्रतिशत हिस्सा भारत सरकारले खरिद गरेर राज्य सरकारहरुलाई निःशुल्क उपलब्ध गराउने बताए । उनले देशको कुनै पनि राज्य सरकारले खोपका लागि खर्च गर्न नपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप