बुद्धिचाल संघका पूर्व अध्यक्ष जोशीको निधन
नेपाल बुद्धिचाल संघका पूर्व अध्यक्ष तथा विश्व बुद्धिचाल महासंघका अनुसाशन आयोगका सदस्य राजेशहरि जोशीको आइतबार निधन भएको छ । जोशीलाई हृदयघात भएपछि साँझ ७ बजे अस्पताल पुर्याइएको थियो, जहाँ चिकित्सकहरुले उनलाई मृत घोषित गरे ।
दुई कार्यकाल नेपाल बुद्धिचाल संघको अध्यक्ष रहँदा जोशीले बुद्धिचाल खेलको विकास र विस्तारमा महत्वपूर्ण कार्य गरेका थिए । ९÷१० जना रेटेड खेलाडीहरुमै सिमित नेपालले उनको कार्यकालमा ६०० को हाराहारीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेटेड खेलाडी उत्पादन गरेको थियो । सन् २०१४ मा नर्वेमा भएको फिडे काँग्रेसबाट उनी विश्व बुद्धिचाल महासंघको कार्य समिति सदस्य र अनुशासन आयोगको सदस्यमा निर्वाचित भएका थिए ।
सन् २०१८ मा जर्जियाको बतुमीमा भएको काँग्रेसबाट दोस्रो कार्यकालका लागि पुनः अनुसाशन आयोगमा निर्वाचित भएका थिए । उनी सन् २०१४ मा नेपाल, बंगलादेश, भुटान, माल्दिभ्स, पाकिस्तान र श्रीलंका सम्मिलित एसियन जोनल ३.२ को अध्यक्ष पनि चुनिएका थिए । जोशी सहकारी अभियान्ताको रुपमा समेत परिचित थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा मलामी बोकेको गाडी दुर्घटना, १८ जना घाइते
-
व्यासको मतगणनामा के भएको थियो २ वर्षअघि ?
-
आईपीएलमा आज : राजस्थानलाई शीर्ष दुईमा स्थान पक्का गर्ने अवसर
-
सत्ता गठबन्धनले पार्टी विभाजन गरेको जसपा नेपालको निष्कर्ष
-
गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य ४०, आलु रातोको ५२ रुपैयाँ (सूचीसहित)
-
आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यम बन्दै महसिकार