कर्णाली प्रदेश : दिउँसाे १ बजे नीति तथा कार्यक्रम पारित र ४ बजे बजेट
कर्णाली प्रदेश सरकारले असार १ गते बजेट ल्याइसक्नुपर्ने संवैधानिक प्रावधानका कारण आजै नीति तथा कार्यक्रम पारित गरेर बजेट ल्याउन लागेको छ । कर्णालीमा प्रतिपक्ष एमालेकाे अवरोधका कारण साेमबार नीति तथा कार्यक्रम पारित हुन नसकेपछि आज पारित गर्न लागिएको हो । बैठक दिउँसाे १ बोलाइएको छ ।
प्रदेशसभा सचिवालयका प्रमुख सचिव जीवराज बुढाथोकीका अनुसार साेमबार नीति तथा कार्यक्रम पारित र मुख्यमन्त्रीले नीति तथा कार्यक्रम माथिकाे छलफलकाे बारेमा जवाफ दिने कार्यक्रम बाँकी रहेकाे छ ।
आजकाे कार्यसूचीअनुसार दिउँसाे १ बजे सदन चल्नेछ । त्यसपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नीति तथा कार्यक्रम माथि उठेका विषयकाे जवाफ दिनेछन् भने त्यसपछि नीति तथा कार्यक्रम पारित गरिनेछ ।
यस्तै अपराह्न ४ बजे संसदमा आर्थिक बर्ष २०७८/७९ काे बजेट प्रस्तुत गर्ने कार्यसूची रहेकाे सचिव बुढाथोकीले रातोपाटीलाई जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीसँग एडीबीका उपाध्यक्षको शिष्टाचार भेट
-
अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबिच दुई सम्झौतामा हस्ताक्षर
-
प्रभु साह नेतृत्वको आजपा र समाजवादी जनएकता पाटीबिच एकता हुने
-
‘ठुल्दिदी’ निर्देशन गर्दै प्रज्ञा
-
कास्कीमा सवारी दुर्घटना : तीन महिनामा १३ जनाको मृत्यु
-
भयावह बन्दै आगलागी : हप्तामा एक हजार स्थानमा डढेलो, ३ वर्षमा ३२४ ले ज्यान गुमाए