दुई दिनदेखि अवरुद्ध राजमार्ग खुलाउन समस्या
सडक माथिबाट पहिरो खस्दा दुई दिनदेखि अवरुद्ध बनेको जयपृथ्वी राजमार्ग खुलाउन समस्या भएको छ । बैतडीको खोड्पेदेखि बझाङको चैनपुर जोड्ने उक्त राजमार्गको पुर्चौडी नगरपालिका–६ स्थित ढोल्यामोडमा सडक माथिबाट पहिरो खस्दा सोमबार रातिदेखि अवरुद्ध बनेको थियो ।
लगातारको वर्षाका कारण सडक खुलाउन समस्या भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । सडक माथिबाट ठूलो पहिरो खसेको र पहिरो पन्छाउन समस्या भएको हो । उनले भने, “जेसिबी मङ्गलबारदेखि तयारी अवस्थामा रहेको छ, लगातारको वर्षाले पहिरो खस्ने क्रम नरोकिएकाले पन्छाउन समस्या भएको छ ।”
राजमार्ग अवरुद्ध हुँदा एम्बुलेन्स, मालवाहक सवारी साधन, अत्यावश्यक कामका लागि हिँडेका यात्रुहरू दुई दिनदेखि बीच बाटोमै रोकिएका छन् । बझाङबाट धनगढी, महेन्द्रनगर, काठमाडौँ, डडेल्धुरा, बैतडी र बझाङ भित्रिने ५० भन्दा बढी सवारी साधन र १०० भन्दा बढी यात्रुहरू पहिराका कारण रोकिएका प्रहरीले जनाएको छ । पहिराका कारण उक्त राजमार्ग बेलाबेला अवरुद्ध हुने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छानबिन समिति बनाए हुन्छ तर संसद्मा बोल्न पाउनुपर्छ : गृहमन्त्री लामिछाने
-
हेटौँडा अस्पताललाई मदन भण्डारी प्रतिष्ठानसँग गाभ्न लागिएको भन्दै आठ राजनीतिक दलले जनाए आपत्ति
-
कर्णालीमा अझै सुरु भएन बजेट निर्माण प्रक्रिया
-
दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु, मोटरसाइकल भेरीमा डुब्यो
-
कर्णालीका मुख्यमन्त्रीले बोलाए सर्वदलीय बैठक
-
नवीन समझदारी नै अबको निकास