शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

निषेधाज्ञाको एक महिनामा बैंकमा भित्रियो ३६ अर्ब

बिहीबार, ०३ असार २०७८, १८ : ११
बिहीबार, ०३ असार २०७८

बाणिज्य बैंकहरुले एक महिनामा ३६ अर्ब निक्षेप संकलन गरेका छन् । नेपाल बैंकर्स संघले सार्वजनिक गरेको प्रतिवेदनअनुसार अघिल्लो महिनाको तुलनामा बैंकको निक्षेप तीन गुणाले बढेको हो । बैशाखमा ११ अर्ब निक्षेप संकलन गरेका बैंकहरुमा जेठमा मात्रै ३६ अर्ब निक्षेप आएको छ । यता, कर्जा लगानी पनि जेठमा ३५ अर्बले  भएको छ । कर्जा लगानी भने अघिल्लो महिनाको तुलनामा घटेको हो । अघिल्लो महिना ३८ अर्ब कर्जा लगानी भएको थियो ।

हालसम्म बाणिज्य बैंकहरुको निक्षेप संकलन ३९ खर्ब ९१ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह ३६ खर्ब ४६ अर्ब रुपैयाँ पुगेको छ । जेठ महिनाको अन्तिम तिन दिनमै ९ अर्ब निक्षेप भित्रिएको थियो भने कर्जा लगानी ४ अर्ब भएको थियो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप