धादिङका सात स्थानीय तहलाई स्वास्थ्य सामाग्री हस्तान्तरण
अन्तर्राष्ट्रिय धादिङ समाजको संयोजनमा जिल्लाका सातवटा स्थानीय तहलाई अत्यावश्यक कोभिड प्रतिकार्य स्वास्थ्य सामाग्री तथा उपकरणहरु हस्तान्तरण गरिएको छ ।
अन्र्तराष्ट्रिय धादिङ समाजका संरक्षक भुवन गुरुङले धादिङ समाज अष्ट्रेलियाका सल्लाहकार निराजन गौली र अध्यक्ष सविन थपलियाको पहलमा कम्युनिटी पार्टनर्स इन्टरनेशनल र एमआईटी फाउन्डेसनबाट प्राप्त अक्सिजन कन्सन्ट्रेटर दुई दुई थान सहित समाजले खरिद गरेको नेबुलाईजर १० थान, केएन ९५ मास्क सय वटा, फेसमास्क ४०० वटा, पल्स अक्सिमिटर ५ वटा, डिजिटल थर्मोमिटर १० वटा र ग्लब्स ३ प्याकेटका दरले स्वास्थ्य सामाग्रीहरु सात स्थानीय तहमा हस्तान्तरण गरिएको बताए ।
स्वास्थ्य सामाग्रीहरु रुवीभ्याली गाउँपालिकाबाट स्वास्थ्य संयोजक राजबहादुर तामाङ, खनियाबाँस गाउँपालिकाबाट स्वास्थ्य संयोजक आइत बहादुर तामाङ, नीलकन्ठ नगरपालिकाबाट सि.अ.न.मी.निरिक्षक मिश्र सिलवाल, बेनीघाट रोराङ गाउँपालिकाबाट स्वास्थ्य संयोजक शंकरबाबु दुवाडी, गजुरी गाउँपालिकाबाट स्वास्थ्य संयोजक डा.रामहरी रेग्मी, ज्वालामुखी गाउँपालिकाबाट स्वास्थ्य संयोजक सुजन श्रेष्ठ र गल्छी गाउँपालिकाबाट स्वास्थ्य संयोजक रामप्रसाद ज्ञवालीलाई हस्तान्तरण गरिएको समाजका प्रवक्ता राजन खकुरालले जानकारी दिए ।
यस अघि ३१ मे सोमबारका दिन धादिङ समाज जापानको संयोजनमा गंगाजमुना, त्रिपुरासुन्दरी, थाँक्रे, नेत्रावती डवजोङ, सिद्धलेक गाउँपालिका र धुनेबेशी नगरपालिकामा अक्सिजन कन्सन्ट्रेटर लगायत अति आवस्यक पर्ने स्वास्थ्य उपकरणहरु हस्तान्तरण गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रभु साह नेतृत्वको आजपा र समाजवादी जनएकता पाटीबिच एकता हुने
-
‘ठुल्दिदी’ निर्देशन गर्दै प्रज्ञा
-
कास्कीमा सवारी दुर्घटना : तीन महिनामा १३ जनाको मृत्यु
-
भयावह बन्दै आगलागी : हप्तामा एक हजार स्थानमा डढेलो, ३ वर्षमा ३२४ ले ज्यान गुमाए
-
न्युरोडबाट बरामद सुन र रकम सार्वजनिक, तस्बिरहरू
-
अलपत्र आयोजनाको विवरण पठाउन जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयको निर्देशन