शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ठिमीस्थित बालसुधार गृहबाट भागेका किशोर पक्राउ

मङ्गलबार, ०८ असार २०७८, १३ : २२
मङ्गलबार, ०८ असार २०७८

भक्तपुरको ठिमीस्थित बालसुधार गृहको थुनाबाट भागेका किशोरलाई प्रहरीले पक्राउ गरेको छ । उदयपुरको बेलका नगरपालिका–५ घर भइ काठमाडौंको गोकर्ण बस्ने किशोर मंगलबार बिहान बालसुधार गृहको पर्खाल नाघेर भागेका थिए । 

भागेको साढे २ घण्टापछि उनलाई पशुपतिनाथ मन्दिर परिसरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ । महानगरीय प्रहरी वृत ठिमी र महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । 

गोकर्णमा एसिड प्रहार गरेको मुद्दामा वर्ष १८ का उनलाई अदालतले बाल सुधार गृहमा राख्ने आदेश गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप