बलिउडपछि अब हलिउडमा अभिनेता विद्युत
बिहीबार, १० असार २०७८, १९ : ३५
अभिनेता विद्युत जामवाल दमदार अभिनय र एक्सनका साथ फिल्ममा देखिँदै आएका कारण चर्चित छन् । उनी विश्वका शीर्ष मार्शल आर्टिस्ट मध्यका एक पनि हुन् । हालै उनले गुगलमा ब्रुस ली, ज्याकी चन र जेटली जस्ता दिग्गज व्यक्तिका साथ आफ्नो नाम सामेल गरेका उनी छिट्टै हलिउड प्रवेश गर्ने तयारीमा छन् ।
विद्युत हलिउडमा वन्डर स्ट्रिट पार्टनर्स क्रिस्टिन होल्डर र मार्क होल्डरका साथ काम गर्न सक्नेछन् । उनले यसै बर्ष आफ्नो प्रोडक्सन हाउस हिरो फिल्मस् पनि घोषणा गरेका थिए । उनी हलिउडका प्रमुख निर्माताको प्रोडक्सनसँग मिलेर काम गर्न पनि कुराकानी गरिरहेका छन् ।
हलिउड फिल्मको बिषयमा उनले भने– ‘म हलिउडका केही सबैभन्दा मेहनती कलाकारसँग जोडिएर निकै खुसी छु ।’ उनी छिट्टै ‘सनक’ र ‘खुदा हाफिज च्याप्टर २’ मा समेत देखिनेछन् ।