बलिउडपछि अब हलिउडमा अभिनेता विद्युत
बिहीबार, १० असार २०७८, १९ : ३५
अभिनेता विद्युत जामवाल दमदार अभिनय र एक्सनका साथ फिल्ममा देखिँदै आएका कारण चर्चित छन् । उनी विश्वका शीर्ष मार्शल आर्टिस्ट मध्यका एक पनि हुन् । हालै उनले गुगलमा ब्रुस ली, ज्याकी चन र जेटली जस्ता दिग्गज व्यक्तिका साथ आफ्नो नाम सामेल गरेका उनी छिट्टै हलिउड प्रवेश गर्ने तयारीमा छन् ।
विद्युत हलिउडमा वन्डर स्ट्रिट पार्टनर्स क्रिस्टिन होल्डर र मार्क होल्डरका साथ काम गर्न सक्नेछन् । उनले यसै बर्ष आफ्नो प्रोडक्सन हाउस हिरो फिल्मस् पनि घोषणा गरेका थिए । उनी हलिउडका प्रमुख निर्माताको प्रोडक्सनसँग मिलेर काम गर्न पनि कुराकानी गरिरहेका छन् ।
हलिउड फिल्मको बिषयमा उनले भने– ‘म हलिउडका केही सबैभन्दा मेहनती कलाकारसँग जोडिएर निकै खुसी छु ।’ उनी छिट्टै ‘सनक’ र ‘खुदा हाफिज च्याप्टर २’ मा समेत देखिनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुने
-
यस्तो छ आजका लागि तोकिएको कृषिउपजको थोक मूल्य (सूचीसहित)
-
म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा
-
घट्यो गीतसङ्गीत निर्माण, चुनौती बन्यो एआई
-
ट्रम्पले गत वर्ष क्रिप्टोकरेन्सीबाट मात्रै कमाए १ अर्ब डलरभन्दा बढी
-
मेक्सिको र इक्वेडरबिचको खेल सुरु, कसले मार्ला बाजी?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण