मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

उच्च अदालत पाटनका उपरजिस्ट्रार पराजुलीको निधन, आजका सबै सुनुवाइ स्थगित

मङ्गलबार, १६ असार २०८३, ११ : ३८
मङ्गलबार, १६ असार २०८३

सारांश

  • उच्च अदालत पाटनका उपरजिस्ट्रार डिल्लीप्रसाद पराजुलीको मंगलबार बिहान निधन भएको छ ।
  • पराजुलीको निधनको शोकमा अदालतले आजका लागि तय भएका सम्पूर्ण मुद्दाहरूको सुनुवाइ स्थगित गरेको छ ।
  • अदालतले स्वर्गीय पराजुलीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै सम्बन्धित सबै पक्षलाई सुनुवाइ स्थगित भएको जानकारी गराएको छ ।

ललितपुर । उच्च अदालत पाटनमा कार्यरत उपरजिस्ट्रार डिल्लीप्रसाद पराजुलीको मंगलबार बिहान निधन भएको छ । पराजुलीको निधनको शोकमा अदालतले आजका लागि तय भएका सम्पूर्ण मुद्दाहरूको सुनुवाइ स्थगित गरेको छ ।

अदालतले एकसूचना जारी गर्दै उपरजिस्ट्रार पराजुलीको निधनले अदालत परिवार शोकमा डुबेकाले आजका सम्पूर्ण इजलासहरूबाट हुने मुद्दाहरूको सुनुवाइ स्थगित गरिएको जनाएको छ । 
अदालतले स्वर्गीय पराजुलीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै सम्बन्धित सबै पक्षलाई सुनुवाइ स्थगित भएको जानकारी गराएको छ ।

No description available.

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप