शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

उपत्यकाको निषेधाज्ञाबारे सोमबार निर्णय गरिने

आइतबार, १३ असार २०७८, १८ : ०४
आइतबार, १३ असार २०७८

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा बारे आइतबार निर्णय हुन सकेन । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले त्यसबारे सोमबार निर्णय लिने भएका छन् । 

आइतबार साँझ जिल्ला प्रशासन कार्यालय काठमाडौंमा काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुली, भक्तपुरका प्रजिअ प्रेम प्रसाद भट्टराई र ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले निषेधाज्ञाको मोडालिटीबारे छलफल गरेका छन् । 

अहिलेकै मोडालिटीमा जाने वा अर्को मोडल अपनाउने भन्नेबारे छलफल भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले रातोपाटीलाई बताए । सार्वजनिक यातायात खुलाउने सम्बन्धमा पनि प्रमुख जिल्ला अधिकारीहरुले छलफल गरेका छन् । ‘सार्वजनिक यातायातको सवालमा हाम्रो छलफल भएको छ’ प्रजिअ पराजुलीले भने– ‘त्यसबारे सोमबार निर्णय लिन्छौं ।’ 

उपत्यकामा वैशाख १६ बाट घोषणा गरिएको निषेधाज्ञा असार ८ बाट लागु हुनेगरी थप खुकुलो बनाउँदै नीजि यातायातमा जोर बिजोर प्रणाली लागु गरिएको थियो । उपत्यकामा बारको आधारमा पसल खुल्ला गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप