एनआरएनए अमेरिकाको शपथ ग्रहण कार्यक्रममा लफडा
गैरआवासीय नेपाली नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको १० औँ साधारण सभामा विवाद उत्पन्न भएको छ । जसका कारण शपथ ग्रहण केही समय स्थगित गरियो ।
विवाद उत्पन्न भएसँगै साधारण सदस्यहरु मंचमा पुगे पछि विवादलाई शान्त पार्न सुरक्षाकर्मी मंचमा बोलाइएको थियो । अघिल्लो नेतृत्वमा रहेका सुनिल साहले नै विधान शंसोधनमा छलफल गर्नु पर्नेमा शपथ ग्रहण कार्यक्रमलाई विधान संसोधन अगाडि राखिएपछि विवाद र चर्काचर्की परेको थियो ।
१० औ साधारण सभाका संयोजक बिआर लामाले समय अभाव हुने भन्दै निर्वाचन आयुक्तलाई मंचमा बोलाए पछि लफडा सुरु भएको थियो ।
यद्यपि विवादका बीच नवनिर्वाचित अध्यक्ष बुद्धि सुवेदीले शपथ लिएका छन् भने उनले पनि पदाधिकारी र अन्य राज्यका पदाधिकारीहरूलाई सपथ खुवाएका छन् ।
यससँगै उनी जुलाई ३ देखि एनआरएनए अमेरिकाको विधिवत अध्यक्ष भएका छन् ।
अब सुवेदीको अध्यक्षतामा विधान संसोधन हुने कार्यक्रम छ । साधारण सभामा प्रमुख अतिथि डा युवराज खतिवडालगायत, एनआरएन अन्तर्राष्ट्रियका पदाधिकारी र अन्य संघ/संस्थाका प्रतिनिधिहरुले मन्तव्य राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण