आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

एनआरएनए अमेरिकाको शपथ ग्रहण कार्यक्रममा लफडा

आइतबार, २० असार २०७८, १० : १६
आइतबार, २० असार २०७८

 गैरआवासीय नेपाली नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको १० औँ साधारण सभामा विवाद उत्पन्न भएको छ । जसका कारण शपथ ग्रहण केही समय स्थगित गरियो । 
विवाद उत्पन्न भएसँगै साधारण सदस्यहरु मंचमा पुगे पछि विवादलाई शान्त पार्न सुरक्षाकर्मी मंचमा बोलाइएको थियो । अघिल्लो नेतृत्वमा रहेका सुनिल साहले नै विधान शंसोधनमा छलफल गर्नु पर्नेमा शपथ ग्रहण कार्यक्रमलाई विधान संसोधन अगाडि राखिएपछि विवाद र चर्काचर्की परेको थियो ।

१० औ साधारण सभाका संयोजक बिआर लामाले समय अभाव हुने भन्दै निर्वाचन आयुक्तलाई मंचमा बोलाए पछि लफडा सुरु भएको थियो । 
 
यद्यपि विवादका बीच नवनिर्वाचित अध्यक्ष बुद्धि सुवेदीले शपथ लिएका छन् भने उनले पनि पदाधिकारी र अन्य राज्यका पदाधिकारीहरूलाई सपथ खुवाएका छन् ।

यससँगै उनी जुलाई ३ देखि एनआरएनए अमेरिकाको विधिवत अध्यक्ष भएका छन् ।


अब सुवेदीको अध्यक्षतामा विधान संसोधन हुने कार्यक्रम छ । साधारण सभामा प्रमुख अतिथि डा युवराज खतिवडालगायत, एनआरएन अन्तर्राष्ट्रियका पदाधिकारी र अन्य संघ/संस्थाका प्रतिनिधिहरुले मन्तव्य राखेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप