बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

एनएमबिका ग्राहकलाई फुडमाण्डु र किरानामा क्यासब्याक

शुक्रबार, २५ असार २०७८, १६ : २७
शुक्रबार, २५ असार २०७८

एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई फुडमाण्डु लगायतका स्टोरहरूमा विद्युतीय भुक्तानी गरी समान खरीद गर्दा क्यासब्याक उपलब्ध गराउने भएको छ । सोही उद्धेश्यले बैंकले द्विपक्षीय समझदारी गरेको छ ।

बैंकले ग्राहकहरूलाई घरमै बसी मनपर्ने खाना लगायत अन्य आवश्यक सामग्रीहरू फुडमाण्डु, स्टपग्य्राब, ग्यापु र किरानाबाट बैंकको डेबिट र क्रेडिट कार्डको प्रयोग गरी अनलाइन अर्डर गर्दा १०% वा रु. ५०० सम्म क्यास ब्याक प्रदान गर्ने जानकारी दिएको हो । 

बैंकले आफ्नो सेवाहरु वृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ । छुट सम्बन्धि थप जानकारी एनएमबि बैंकको वेवसाइट www.nmb.com.np को NMB Visa Card Discount सेक्सनमा गएर प्राप्त गर्न सकिनेछ । 

एनएमबि बैंकका हाल देशभर १८१ शाखा, १३७ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप