राजनीति

काँग्रेसको प्रतिक्रिया : देश र जनताको हितमा काम गर्न अझ जिम्मेवारी थपियो

person explore access_timeअसार २८, २०७८ chat_bubble_outline0

नेपाली काँग्रेसले सर्वोच्च अदालतले गरेको फैसलाको स्वागत गरेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतको सो फैसलाको स्वागत गरेका हुन् । फैसलालगत्तै सभापति देउवाले विज्ञप्ति जारी गर्दै भनेका छन्- ‘ सम्मानित सर्वोच्च अदालतले नेपाली काँग्रेस लगायत ५ दलले दर्ता गरेको रीट निवेदन उपर गरेको फैसलाको हार्दिक स्वागत गर्दछु ।’

सभापति देउवाले यो फैसलाले लिक बाहिर धकेलिएको संविधानलाई ट्रयाकमा ल्याएको र स्वतन्त्र न्यायपालिकाको आस्था र विश्वासलाई थप अभिवृद्धि गरेको बताएका छन् । उनले लोकतन्त्र र लोकतान्त्रिक संविधान रक्षाका लागि सरिक सबै पक्षलाई बधाई समेत दिएका छन् ।

उनले भनेका छन्- ‘लोकतन्त्र र लोकतान्त्रिक संविधान रक्षाका लागि विभिन्न ढंगले आन्दोलनमा सरिक राजनैतिक दलहरु, सबै कानून व्यवसायीहरु, भ्रातृ र शुभेच्छुक संस्थाहरु, नागरिक आन्दोलन र सजग सञ्चारमाध्यम एवम् स्वदेश र विदेशमा रहेका सबै नेपाली दिदीबहिनी–दाजुभाईलाई बधाई ज्ञापन गर्दछु ।’

देउवाले यसलाई कसैको व्यक्तिगत जीत हारको विषय नभई लोकतन्त्र, लोकतान्त्रिक संविधान अनि समग्रमा देश र जनताको हितमा उपयोग गरेर जान अपिल समेत गरेका छन् । यो फैसलाले देश र जननाको हितमा संयम र एकतासाथ समर्पित भएर कार्य गर्न सबैलाई अझ जिम्मेवार बनाएको बताएका छन् ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।