बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

‘एनएमबि सापटी’ कर्जाबाट एक हजार बढी ग्राहक लाभान्वित

बिहीबार, ३१ असार २०७८, १३ : ३०
बिहीबार, ३१ असार २०७८

एनएमबि बैंकले बैंकिङ्ग जगतमै पहिलोपटक पूर्ण रुपमा आर्टिफिसियल ईन्टेलिजेन्सद्वारा सञ्चालनमा ल्याएको सरल कर्जा  ‘एनएमबि सापटी’ सेवा लिने ग्राहकको संख्या एक हजारमाथि पुगेको छ । उक्त योजना अन्तर्गत हालसम्म ६ करोडभन्दा बढी कर्जा प्रवाह भइसकेको बैंकले जनाएको छ । 

उक्त कर्जा अन्तर्गत कर्जा प्रवाहको लागि आवेदनदेखि सम्पूर्ण कर्जा प्रक्रिया कुनै पनि प्रकारको म्यानुअल हस्तक्षेप विना डिजिटल रूपमै गर्न सकिने प्रावधान मिलाइएको बैंकले जनाएको छ । मोवाईलको प्रयोगबाटै आवेदन दिएको ५ मिनेटभित्र नै प्राप्त गर्न सकिने यो योजना अन्तर्गत हजारमाथि सेवाग्राही लाभान्वित भएको बैंकले जनाएको छ । 

नेपालमा १ करोडभन्दा बढी बचत खाता रहेको छ, जसमा लगभग १६ लाख ग्राहकले मात्र कर्जा सुविधा लिन सफल रहेको देखिन्छ । डिजिटल कर्जामा ग्राहकहरुको खासै पहँुच नदेखिएको अवस्थामा एनएमबिले भने एनएमबि सापटी योजनामार्फत जनचेतना अभिबृद्धिको साथै स–साना कर्जामा केन्द्रित रहेर ग्राहकहरुलाई डिजिटल कर्जा प्रवाह गरिरहेको छ । वर्तमान परिवेशलाई ध्यानमा राख्दै सो बैंकमा तलव खाता हुने र व्यक्तिगत कर्जा उपयोग गरिरहेका ग्राहकहरुको व्यक्तिगत र आपतकालीन वित्तीय आवश्यकताहरुको परिपूर्तिको लागि बैंकले छोटो अवधिका लागि विना धितोको कर्जा योजनाअन्तर्गत एनएमबि सापटी योजना सञ्चालन गरेको बैंकले जनाएको छ । 

एनएमबि बैंकमा तलव खाता हुने र व्यक्तिगत कर्जा भएका ग्राहकहरुलाई २४ महिना सम्मको लचिलो अवधिसहित क्रमशः रु. १ लाख र रु. २ लाख सम्म २४ औं घण्टा र सातै दिन कर्जा तुरुन्त उपलब्ध गराउँदै आइएको छ । ग्राहकहरुले आफ्नो कर्जा चुक्ता अवधि, कर्जा चुक्ता गर्ने प्रकार, कर्जा रकम आदि आफ्नो सहजताको आधारमा छनौट गर्न सक्नेछन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप