आइतबार, १८ जेठ २०८२
ताजा लोकप्रिय

अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघको अध्यक्षमा शाह

बुधबार, ०२ जेठ २०८१, २१ : ३४
बुधबार, ०२ जेठ २०८१

काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासङ्घले सन २०२५ सम्ममा कम्तीमा २० वटा देशमा सञ्जाल विस्तार गर्ने निर्णय गरेको छ । यही मे ११ मा सम्पन्न महासङ्घको वार्षिक साधारण सभाले सन २०२३ देखि २०२५ सम्मका लागि नयाँ कार्यसमिति निर्वाचित गर्दै उक्त निर्णय गरेको हो ।

हाल महासङ्घले १० वटा देश अस्ट्रेलिया, अमेरिका, बेलायत, जापान, चीन, हङकङ, मध्यपूर्वका कतार ,युएई,साउदी अरब, मकाउ र क्यानडामा सञ्जाल विस्तार गरिसकेको छ । महासङ्घको वार्षिक साधारण सभाले स्वतन्त्रप्रताप शाह (अस्ट्रेलिया) को अध्यक्षतामा सन २०२३–२०२५ का लागि अन्तर्राष्ट्रिय कार्यकारी समिति गठन गरेको छ । शाह महासंघका संस्थापक अध्यक्ष समेत हुन् ।  

साधारण सभाले वरिष्ठ उपाध्यक्षमा गोकर्ण ढकाल (हङकङ), उपाध्यक्षहरूमा पूर्ण पोखरिया (कतार),रमेश श्रेष्ठ (युएई), आकाश बन्जरा (हङकङ), प्रकाश थापा (अमेरिका), समिम अनवर (अस्ट्रेलिया), दिला खरेल (अस्ट्रेलिया) लाई चयन गरेको छ ।

त्यसैगरी महासचिवमा दिपेन घले (हङकङ), सचिवहरूमा प्रदीप न्यौपाने (चीन), कुमार कार्की (साउदी अरेबिया), कोषाध्यक्षमा उषा गुरुङ (अष्टेलिया) सह–कोषाध्यक्षमा ओम ज्ञवाली (चीन), प्रवक्तामा शम्भु कँडेल (अस्ट्रेलिया) चयन भएका छन् ।

साथै कार्यकारी सदस्यहरूमा रजनीश भट्टराई (हङकङ), मनीषा श्रेष्ठ डङ्गोल (बेलायत), अमर सापकोटा (कतार), विकास दाहाल (कतार), एमके पौडेल (अमेरिका), नीराजन खत्री (दुबई) र थकरबहादुर कार्की (दुबई) चयन भएका छन् ।

साधारण सभाले एसिया प्यासिफिकको क्षेत्रीय अध्यक्षमा रुस्तम श्रेष्ठ (मकाउ), क्षेत्रीय अध्यक्ष युरोपमा राजेन्द्र कँडेल (स्पेन), क्षेत्रीय अध्यक्ष मध्यपूर्वमा विकास शाही (दुबई), क्षेत्रीय अध्यक्ष उत्तर अमेरिकामा रोशन बुढाथोकी (अमेरिका) लाई निर्वाचित गरेको छ ।

उद्यमीहरूको सशक्तीकरण गर्ने, उनीहरूलाई विभिन्न सञ्जालमा आबद्धता गराउने, उनीहरूको क्षमता विकास गर्ने, विभिन्न सम्मेलनमार्फत विचार आदानप्रदान गर्ने उद्देश्यले सन २०२१ डिसेम्बर ३ तारिख काठमाडौँस्थित याक एन्ड यति होटलमा महासंघ स्थापना भएको थियो । महासङ्घले सन २०२३ मा अलफ्ट होटलमा अन्तर्राष्ट्रिय उद्यमी समिट आयोजना गरेको थियो ।

स्थापनायता महासङ्घले नीति तथा पैरवी सम्मेलन गरिसकेको छ । साथै नेपाल चेम्बर अफ कमर्शका पदाधिकारी, नेपाली युवा उद्यमी फोरमले विभिन्न  वेभिनार, टक शोको आयोजना लगायतका कार्य गरिसकेको छ ।

महासङ्घले नेपाल र प्रवासी नेपाली व्यावसायिक सम्बन्धमार्फत अन्तर्राष्ट्रिय स्तरमा सहकार्य गर्ने, विशेष गरी विदेशमा रहेको नेपाली व्यवसायीहरूसँगको सम्बन्ध विस्तार गर्ने, व्यापार व्यवसाय बढाउने, विचार आदानप्रदान गर्ने, नेपालमा लगानीका सम्भावना पहिचान र सहजीकरण गर्ने लगायतका उद्देश्य लिएको छ ।

विभिन्न व्यावसायिक सञ्जालमार्फत सल्लाह तथा परामर्श प्रदान गर्दै आएको महासङ्घले स्टार्टअप संस्कृतिको सुरुआत गर्दै नेपाल र अन्तर्राष्ट्रिय स्तरमा रहेका उद्यमीहरूलाई प्रोत्साहन गर्दै लगानीको अवसर समेत सिर्जना गर्दै आएको छ ।

विभिन्न संघ तथा संस्थासँगको सहकार्यमा काम गर्दै आएको महासङ्घले माध्यमिक तहका विद्यालयका विद्यार्थीलाई युवा उद्यमीसँग जोडेर उद्यमशीलता तर्फ अग्रसर गराउने लक्ष्य राखेको जनाएको  छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप