देउवाले विश्वासको मत लिने भएपछि एमालेको माधव पक्ष छलफलमा
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने तयारी गरेपछि नेकपा एमालेको माधव पक्ष आन्तरिक छलफलमा जुटेको छ । एमाले वरिष्ठ नेता माधवकुमार नेपालको निवास कोटेश्वरमा माधव पक्षका नेताहरू छलफलमा जुटेका हुन् ।
नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे, भीम आचार्य, गोकर्ण विष्ट र सुरेन्द्र पाण्डे लगायतका नेताहरू नेता नेपालसँग छलफलमा जुटेका हुन् । तर नेता भीम रावलले विश्वासको मतको बारेमा भन्दा पनि एमाले एकता कार्यदलको प्रस्तावका बारेमा नेता नेपालसँग छलफलका लागि कोटेश्वर पुगेको बताए ।
‘हामी कार्यदलको प्रस्तावका सम्बन्धमा छलफल गर्न नेता नेपालसँग भेटवार्ता गर्ने तयारीमा छौँ’, रावलले भने, ‘हिजो अध्यक्ष ओलीसँग भेटेका थियौँ ।’ तर अर्का एक माधव पक्षीय नेताले विश्वासको मतका बारेमा समेत छलफल हुने बताए । ‘विश्वासको मतका बारेमा छलफल गर्ने आजको एजेन्डा त थिएन तर, प्रधानमन्त्रीले आजै विश्वासको मत लिने तयारी भएको बुझिएको र आजै संसद् समेत रहेकाले स्वाभाविक रूपमा कुराकानी हुन्छ ’ ती नेताको भनाइ छ ।
यसअघि माधव पक्षका २६ जना सांसदले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर राष्ट्रपति विद्यादेवी भण्डारी बुझाएका थिए । तर पछि प्रतिनिधि सभा पुनर्स्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेशको माग गर्दै सर्वोच्चमा दिएको मुद्दामा भने माधव पक्षका २३ जना सांसदले मात्रै हस्ताक्षर गरेका थिए । सर्वोच्च अदालतको आदेशपछि गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त देउवाले आज अपराह्न बस्ने प्रतिनिधि सभामार्फत विश्वासको मत लिने तयारी गरेका छन् ।
नेकपा एमालेको ओली पक्षले देउवालाई विश्वासको मत नदिने यसअघि नै स्पष्ट पारेको छ । तर एमालेको माधव पक्षले भने यसबारेमा केही बताइसकेको छैन । यद्यपि सर्वोच्च अदालतको गत असार २८ को फैसला अनुसार यसपटक दलीय ह्वीप नलाग्ने भएकाले जुनसुकै पार्टीका सांसदले पनि विश्वासको मत दिन सक्नेछन् ।
पछिल्लो समीकरण अनुसार नेपाली काँग्रेसका ६१, नेकपा माओवादी केन्द्रका ४९, राष्ट्रिय जनमोर्चाका १ र जसपा उपेन्द्र यादवका १७ जना सांसद प्रधानमन्त्री देउवाको पक्षमा छन् । हालको संसद्को अङ्कगणित अनुसार देउवाले विश्वासको मत पाउन १६ सांसद आवश्यक पर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
-
बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन
-
नेटोले स्वीडेन र फिनल्याण्डमा सुरक्षा सतर्कता बढायो
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिको प्रस्थान
-
कुवेत र बहराइनद्वारा इरानी आक्रमणको निन्दा
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिकोका लागि प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
