तनहुँमा रामचन्द्रको जमानत जफत गर्ने जोशीको चेतावनी
तनहुँ– नेपाली कांग्रेसका पुर्व सहमहामन्त्री एवं पुर्व गृहमन्त्री गोविन्दराज जोशीले तनहुँ क्षेत्र नम्वर १ बाट कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल उठे उनको जमानत जफत बनाइदिने चेतावनी दिएका छन् ।
बुधबार बिहान तनहुँको दमौलीमा पत्रकार सम्मेलन गरेर जोशीले पौडेलविरुद्ध यस्तो चेतावनी दिएका हुन् । ‘तनहुँ क्षेत्र नम्बर १ मा पार्टीले टिकट वितरणमा अनियमितता गरेमा सिंगो पार्टीले ठुलो मुल्य चुकाउनुपर्छ,’ पत्रकार सम्मेलनमा नेता जोशीले भने, मलाई टिकट नदिने योजना बनाइदैछ भन्ने सुनेको छु यदि त्यसो भए रामचन्द्र पौडेलले मात्र होइन कांग्रेसले नै ठुलो मुल्य चुकाउनुपर्नेछ ।’
नेता जोशीले आफूलाई धेरै सर्वसाधारण जनताले रुचाएकाले आफु कुनै पनि हालतमा चुनावबाट पछि नहट्ने पनि बताए । उनले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नै क्षेत्रका नेताहरुलाई मिलाएर लैजान नसकेको आरोप पनि लगाए ।
आगामी मंसिर २१ मा हुने निर्वाचनमा प्रतिनिधिसभातर्फ तनहुँ क्षेत्र नम्बर १ बाट कांग्रेस बरिष्ठ नेता पौडेल आफै उठ्ने घोषणा गरिसकेका छन् । जोशीले पनि क्षेत्र नम्बर १ बाटै चुनाव लड्ने घोषणा गरेपनि उनलाई टिकट दिने या नदिने भन्ने कांग्रेसले निर्णय गरिसकेको छैन ।
पार्टीमा वरिष्ठ नेताको पहिचान बनाइसकेकाले पौडेलले अरु कुनै क्षेत्रबाट पनि चुनाव लड्न सक्ने भएकोले क्षेत्र नम्बर १ बाट पार्टीले आफुलाइ टिकट दिनुपर्ने जोशीको भनाई छ ।
नेता जोशी केही समययता पार्टीको तर्फबाट टिकट पाउनका लागि दबाबमूलक कार्यक्रमका साथ जिल्लामा सक्रिय छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा कर्णाली प्रदेशको नेतृत्वका लागि ५ जनाबिच रस्साकस्सी
-
झुपडीमा बस्दै आएका मीमबहादुरलाई घर
-
युरोप क्षेत्रीय सम्मेलन सफल बनाउन एनआरएनए युरोप सक्रिय
-
भूमि आयोग मोरङका निवर्तमान अध्यक्ष जोडिए सुनचाँदी ठगी प्रकरणमा, बिचौलियाको भूमिका
-
बीमा रकम हत्याउन आफ्नै पसलमा चोरीको नाटक : सञ्चालक र कर्मचारी पक्राउ
-
दुई हप्तामा इरान, पाकिस्तानबाट ८५ हजार भन्दा बढी अफगानी स्वदेश फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण