शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश १ मा ३६६ कोरोना सङ्क्रमित थपिए

सोमबार, ०४ साउन २०७८, २२ : ३१
सोमबार, ०४ साउन २०७८

प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा ३६६ जना कोरोना सङ्क्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।  मन्त्रालयका अनुसार थपिएको सङ्क्रमितमध्ये सुनसरीका १३८, झापाका १२२, मोरङका ८१, धनकुटाका नौ, इलामका छ, उदयपुरका दुई,  सङ्खुवासभा, भोजपुर र उदयपुरका एक÷एक र प्रदेश  बाहिरका पाँच जना रहेका छन् । 

योसँगै हालसम्म प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ७८ हजार ५५५ पुगेको छ । त्यस्तै निको हुनेको सङ्ख्या ७१ हजार ४२६ पुगेको छ । अझै पनि प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ६६१ रहेका छन् । पछिल्लो २४ घण्टामा एक हजार ४८६ जनाको पिसिआर परीक्षण गर्दा १६७ महिला र १९९ पुरुषमा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप