राष्ट्रिय सहकारी बैंकको वासलातमा ४१% को वृद्धि, १ अर्ब नाफा सहित व्यवसाय विस्तारमा छलाङ

person explore access_timeसाउन ८, २०७८ chat_bubble_outline0

ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडले आर्थिक वर्ष २०७७/०७८ मा ४१ प्रतिशतले वासलात वृद्धि गरेको छ । बैंकले आज गत आ.ब.को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै ७१ अर्ब ६८ करोडको वासलातको आकार कायम भएको जनाएको हो । 

यस अवधिमा बैंकको शेयर पुँजी २ अर्ब ८७ करोड रहेको छ भने जगेडा तथा कोषहरुमा ४६ प्रतिशतको वृद्धिदर सहित १ अर्ब ५२ करोड सञ्चित रहेको छ । कोभिड १९ को असहज परिस्थितिमा समेत बैंकको निक्षेपमा ४२ प्रतिशतको वृद्धिदर सहित ६६ अर्ब ३४ करोड, कर्जामा ३२ प्रतिशत वृद्धिदर सहित ३५ अर्ब ९१ करोड पुगेको छ ।

बैंकले कर पश्चातको खुद नाफामा ४८ प्रतिशतको वृद्धिदर हासिल गर्दै १ अर्ब ६६ लाख कमाएको छ । यस संगै बैंक एक अर्ब भन्दा माथी नाफा आर्जन गर्ने वित्तिय संस्थाहरुको क्लबमा समेत समावेश भएको छ । बैंकले यस आ.व. मा मात्र रु १ अर्ब ७४ करोड खुद ब्याज आम्दानी गरेको छ र यो गत आर्थिक वर्षको भन्दा ५८ प्रतिशत​ले बढी रहेको छ । 

पछिल्ला वर्षहरुमा बैंकको शाखा विस्तार, व्यवसाय तथा वित्तीय आकारमा व्यापक वृद्धि देखिएको छ । पछिल्लो तिन वर्षको वित्तीय विवरण विश्लेषण गर्दा बैंकको वासलातमा २२७ प्रतिशत, शेयर पुँजीमा १७६ प्रतिशत, कर्जा लगानीमा १९० प्रतिशत, निक्षेप संकलनमा २३२ प्रतिशत र नाफामा २१० प्रतिशतको वृद्धिदर देखिएको छ । सहकारी क्षेत्रमा सबैभन्दा ठूलो वित्तीय परिचालन गर्ने बैंकको वित्तीय अवस्था ‘क’ वर्गका केही वाणिज्य बैंकहरू भन्दा समेत ठूलो र सुदृढ देखिएको छ ।  

बैंकमा हाल देशभरिका ७७ जिल्लाका सबै प्रकृतिका सहकारी संघ÷संस्थाहरु गरी करिब १४ हजार सदस्यहरु रहेका छन । बैंकले ७ वटै प्रदेशमा ६८ वटा शाखा कार्यालय मार्फत आफ्ना सदस्यहरुलाई सेवा दिई रहेको छ । 

सहकारी संघ÷संस्थाहरुको प्रवद्र्धन, विकास एवम् बैंकिङ्ग कारोबारको लागि सहकारी क्षेत्रको एक मात्र बैंक भएकाले पनि आफ्ना सदस्य सहकारी संघ÷संस्थाहरुलाई दिने सेवामा सधै अब्बल रहने भन्दै सदस्यलाई दिने सेवामा कुनै कमी हुन नदिएकोले सोको सकरात्मक प्रभाव बैंकको व्यवसायमा परेको अध्यक्ष के.बी उप्रेतीले बताए । बैंकको वर्तमान सञ्चालक समितिको कार्यकाल भित्र नै एक खर्बको वित्तीय अवस्था कायम गर्ने लक्ष्य निर्धारण गरिएको र सहकारी क्षेत्रमा प्रविधि मैत्री सेवा उपलब्ध गराउने गरी बैंक अघि बढेको समेत उप्रेतीले जानकारी दिए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाईंले बैंकमा कारोबार गर्ने सदस्य सहकारी संघ÷संस्थाहरुलाई सहकारी ऐनको व्यवस्था अनुसार बचत र कर्जा कारोबार गर्ने १२ हजार ४६ सदस्य सहकारी संघ÷संस्थाहरुलाई संरक्षित पुँजी फिर्ता कोषबाट रकम समेत वितरण गरेको जानकारी दिए ।

     
 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।