प्रियंकाको बचाउमा सासू रविना लेख्छिन् - बिकिनीमा झन् सुन्दरी
काठमाडौँ । अभिनेत्री प्रियंका कार्कीले गर्भावस्थामा सार्वजनिक गरेको तस्बिरलाई लिएर सामाजिक संजालमा विभिन्न टिप्पणी भइरहेका छन् । टिप्पणी सकारात्मक तथा नकारात्मक दुवै प्रकारका छन् ।
सामाजिक संजालमा कतिपयले प्रियंकाको क्रियाकलाप महिला सशक्तीकरणसँग जोडेर चर्चा गरेका छन् भने कतिपयले सामाजिक विकृति भनेका छन् ।
प्रियंकाको यो क्रियाकलापको बिषयमा अधिकांश कलाकर्मी मौन छन् । तर, प्रियंकाको परिवारले भने उनको साथ दिएका छन् ।
प्रियंकाकी सासू रविनाले देशराज श्रेष्ठले समेत प्रियंकाको खुलेर साथ दिएकी छन् । सामाजिक संजाल मार्फत रविनाले एउटी गर्भवती महिलाको शरीर र बिकिनीमात्र देख्नेहरु गलत भएको बताएकी छन् ।
उनले बुहारी प्रियंकाको समर्थन गर्दै बिकिनीमा प्रियंका अतिरिक्त सुन्दरी देखिएको भन्दै प्रशंसा समेत गरेकी छन् । उनले भनेकी छन् ‘उनी बिकिनी रुचाउँछिन् र यसमै आरामदायी र खुशी महसुस गर्छिन् ।’