माधव समूहमा कार्यदलको १० बुँदे प्रस्तावबारे छलफल हुने
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी सदस्यहरूको बैठक आइतबार बेलुका केही बेर बसेर सकिएको छ । एमालेको विघटित कार्यदलमा रहेका नेपाल पक्षका सदस्यहरूले स्थायी समिति बैठक बोलाउन माग गरेपछि नेता नेपालले बैठक बोलाएका थिए ।
केही बेर चलेको बैठकमा विघटित कार्यदलका तर्फबाट नेता भीम रावलले १० बुँदे प्रस्तावबारे सामान्य चर्चा गरेका थिए । त्यसपछि नेता माधव नेपाल अर्को कार्यक्रममा जानुपर्ने भएकाले बैठक भोलिसम्मका लागि स्थगित गरिएको नेता मुकुन्द न्यौपानेले जानकारी दिए ।
‘कार्यदलले १० बुँदे प्रस्ताव तयार गरेपछि हाम्रो पक्षको स्थायी समिति बैठक बसेको थिएन । त्यसैमा छलफल गर्न बैठक बोलाइएको हो । तर आज समय अभावले पुरै छलफल हुन सकेन’, नेता न्यौपानेले रातोपाटीसँग भने, ‘आज कार्यदलका केही साथीहरूले १० बुँदे प्रस्तावका बारेमा सामान्य चर्चा गर्नुभयो । बाँकी भोलि छलफल हुन्छ, माधव कमरेडले त्यसबारे धारणा राख्नुहुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साफ महिला च्याम्पियनसिपको उपाधि भारतलाई, ह्याट्रिक दाउमा रहको बंगलादेश स्तब्ध
-
रास्वपा रौतहटको नेतृत्व चयनका लागि जेठ २५ गते निर्वाचन, भोलि उम्मेदवारी दर्ता
-
फेवातालमा हुरीबतासः बोटिङ गरिरहेका १२ जनाको उद्धार
-
खनाल र जयशंकारबिच भेटवार्ताः कनेक्टिभिटी, ऊर्जा र आर्थिक रूपान्तरणमा प्रतिबद्धता
-
ट्युनिसियाको पोस्टमा बेल्जियमको गोल वर्षा
-
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
