शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसका क्रियाशील सदस्य ४१ देखि ६० वर्ष उमेर समूहका धेरै

मङ्गलबार, १२ साउन २०७८, १३ : ५७
मङ्गलबार, १२ साउन २०७८

काँग्रेसको १४ औं महाधिवेशन प्रक्रियामा भाग लिने क्रियाशिल सदस्यहरुमध्ये ४१ बर्षदेखि ६० बर्ष उमेर समुहका धेरै रहेका छन् । देशभरबाट ८ लाख ५४ हजार ७ सय ११ जनाले क्रियाशिल सदस्यता पाएकोमा यो ४१ देखि ६० उमेर समुहका मात्रै ३ लाख २८ हजार ३४४ जना रहेका छन् ।
 
प्रतिशतका आधारमा यो संख्या ३७ दशमलव ३० हुन आउँछ । त्यसपछि २६ देखि ४० बर्ष उमेर समुहका २ लाख ४९ हजार ७७४ जनाले क्रियाशिल सदस्यता पाएका छन् । तेस्रोमा ६१ देखि ७५ बर्ष उमेर समुहका ८३ हजार १० जना रहेका छन् भने १६ देखि २५ बर्ष उमेर समुहका ४० हजार ४ सय २७ जनाले क्रियाशिल सदस्यता पाएका छन् ।

७५ बर्षमाथिका काँग्रेस क्रियाशिल सदस्यहरूमा ११ हजार ७८२ जना रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप