शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पौडीमा आज गौरिकाले प्रतिस्पर्धा गर्दै

बुधबार, १३ साउन २०७८, ११ : २६
बुधबार, १३ साउन २०७८

टोकियो ओलम्पिकअन्तर्गत नेपाली समयअनुसार आज दिउँसो ३ः४५ बजे पौडिवाज गौरिका सिंहले १ सय मिटर फ्रिस्टायलमा  प्रतिस्पर्धा गर्दैछिन् । प्रतिस्पर्धामा ५२ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् र शीर्ष १६ स्थानमा रहने खेलाडी हिट चरणबाट दोस्रो चरणमा छनोट हुनेछन् । 

सय मिटर फ्रिस्टायलमा गौरिकाको नाममा नेपालको राष्ट्रिय कीर्तिमान छ । उनले १३ औँ सागमा ५८.१३ सेकेन्डमा निर्धारित दूरी पार गर्दै राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । टोकियोमा आफ्नो टाइमिङ सुधार्ने गौरिकाको लक्ष्य छ । 

टोकियो ओलम्पिकमा मङ्गलबार नेपाली पूरुष खेलाडी एलेक्जान्डर शाहले सय मिटर फ्रिस्टायलमा राष्ट्रिय कीर्तिमान बनाएका थिए । सय मिटर फिस्टायलको पहिलो हिट्समा प्रतिस्पर्धा गरेका उनले निर्धारित दूरी ५३.४१ सेकेन्डमा पौडिएका थिए । तर उनी दोस्रो चरणमा भने पुग्न सकेनन्। 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप