झुक्याएर नागरिकता लिने ‘बाबु–छोरी’ पक्राउ
स्थानीय प्रशासनलाई झुक्याएर नागरिकता लिने ‘बावु–छोरी’लाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको बहुदरमाई नगरपालिका–२ घर भएका धुरुपप्रसाद पटेल र भारत घर भएकी २८ वर्षीया युवती कविताकुमारी पटेल उर्फ सीता छिन् । ५१ वर्षीय धुरुपप्रसादले बावु बनेर कविता आफ्नो ‘छोरी हुन्’ भन्दै जिल्ला प्रशासन कार्यालयमा सनाखत गरेर नागरिकता दिलाएका थिए ।
कविताको साथमा फेला परेको नागरिकता २०७० पुस ११ मा जिल्ला प्रशासन कार्यालय पर्साबाट जारी भएको थियो । नागरिकता नम्बर–१०३५२ उल्लेखित सो नागरिकता झुटो विवरण पेश गरे लिएको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी ओमप्रकाश खनालले रातोपाटीलाई बताए ।
बुधवार वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको टोलीले पक्राउ गरेर उनीहरुमाथि ७ दिनको म्याद लिएर थप अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । किर्ते गरेर नागरिकता लिनेलाई नागरिकता सम्बन्धी कसुरमा कारवाही हुने कानुनी ब्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली सेनाले माग्यो विभिन्न पदमा दरखास्त
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
डढेलोमा परेर चरिचरनमा राखिएका मौरीका घार नष्ट, बीमा नहुँदा किसान मर्कामा
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने
-
डढेलो नियन्त्रणमा सरकार संवेदनशील देखिएन: नेता कोइराला
-
डिएभी विद्यालयमा राग र ताल मिश्रित सांस्कृतिक कार्यक्रम ‘तरङ्ग’ भव्य रूपमा सम्पन्न