ठमेलमा चिनियाँको मदिरा कारखाना, प्रहरीको छापा (तस्बिरमा हेर्नुहाेस्)
ठमेलको ज्याठामा चिनियाँ नागरिकले सञ्चालन गरेको लोकल मदिरा उत्पादन गर्ने कारखानामा महानगरीय अपराध महाशाखाले छापा मारेको छ ।
घर भाडामा लिएर सञ्चालन गरिएको मदिरा कारखानामा छापा मारेर करिब १० हजार लिटर मदिरा बरामद गरिएको महाशाखाका प्रमुख (एसएसपी) चन्द्र कुवेर खापुङ्गले रातोपाटीलाई बताए । चीनको जियाङ्गसु प्रान्त घर भएका सिजि उईले ‘चिनियाँ कोदोको शुद्ध लोकल रक्सी’ नामक मदिरा उत्पादन गर्ने गरेका थिए । सरकारी अनुमति बिना लोकल मदिरा उत्पादन गर्ने सिजि उईलाई महाशाखाले नियन्त्रणमा लिएको छ ।
लोकल रक्सी उत्पादन गर्ने मेशिन पनि प्रहरीले बरामद गरेको छ । रक्सी उत्पादन गर्ने चिनियाँले ५ तले घर भाडामा लिए त्यहाँ होटल पनि सञ्चालन गरेका थिए । ‘होटल स्वीट ठमेल होटल एण्ड रेष्टुरेन्ट’ काठमाडौं महानगरपालिका वडा नम्बर–२६ मा दर्ता गरेको पाइएको छ । महाशाखाले सो घर सिल गरेको छ । बरामद मदिरा आन्तरिक राजस्व कार्यालयलाई थप अनुसन्धान र कारवाहीका लागी बुझाइने एसएसपी खापुङ्गले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हैदरावाद बेंग्लुरुसँग ३५ रनले पराजित
-
प्रदेश प्रमुखलाई संसदको पत्र–मुख्यमन्त्रीसँग बहुमत छैन
-
जसपा कार्यकारिणी समितिको बैठक आज, यस्ता छन् छलफलका एजेन्डा
-
कक्षा १२ को परीक्षा आजदेखि, तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै
-
आज यी पाँच प्रदेशमा वर्षासँगै हावाहुरीको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर