सरकार अल्पमतमा रहेको भन्दै लुम्बिनी प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र
लुम्बिनी प्रदेशमा शङ्कर पोखरेलको नेतृत्वमा रहेको सरकार अल्पमत रहेको भन्दै विपक्षी दलहरूले प्रदेश प्रमुख अमिक शेरचनलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । हिजो प्रदेश प्रमुख भएर बुटवल आएका शेरचनलाई आज स्वागत गर्न पुगेको विपक्षीहरु दलहरू नेपाली काँग्रेस , माओवादी जसपा र जनमोर्चाका सांसदहरू सरकार अल्पमत परेको र अवैध रहेको जिकिर गर्दै ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
प्रदेश प्रमुख कार्यालयमा विपक्षी गठबन्धन दलका सांसदहरूले बुझाएको ध्यानाकर्षण पत्रमा वैशाख १६ गते माओवादी सरकारबाट बाहिरिएपछि मुख्यमन्त्रीले स्वतः विश्वासको मत लिनु पर्नेमा सामान्य संवैधानिक प्रक्रिया पुरा नगरी सरकार चलाएको उल्लेख छ । यस्तै वैशाख १९ गते सांसद प्रस्तुत अविश्वासको प्रस्ताव सामना नगरी हठात् संसद् अधिवेशन अन्त्य गरी आफै मुख्यमन्त्री नियुक्तिको पत्र लिएको नेपाली काँग्रेस संसदीय दल नेता वीरेन्द्र कनौडियाले बताए । उनले संविधानको १६८ ( १) अनुसार तीन जना प्रदेश सभा सदस्यको किर्ते हस्ताक्षर गरेको आरोप लगाए ।
प्रदेश सरकारको नीति तथा कार्यक्रम पनि संसद् चलिरहेका वेला हतार अन्त्य गरेर अध्यादेशबाट लिएको मुख्यमन्त्रीले गलत काम गरेको बताए । प्रदेश प्रमुखले संविधानको र कानुनी मर्म अनुसार प्रक्रिया थाल्नका लागि विपक्षी गठबन्धन दलहरूले अनुरोध गरेका छन् । नेपाली काँग्रेस संसदीय दलका नेता वीरेन्द्र कुमार कानैडिया , माओवादी संसदीय नेता कुल प्रसाद केसी ,जनता समाजवादी पार्टी नेपाल संसदीय दल नेता संहसराम यादव र राष्ट्रिय जनमोर्चाकी तारा जिसी सहित विपक्षी दलका प्रदेश सभा सदस्यहरू प्रमुख प्रमुखको पुगेर ध्यानाकर्षण पत्र बुझाएको छन् । लुम्बिनी प्रदेशमा विपक्षी दलहरू आफूसँग बहुमत रहेको दाबी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
किन आन्दोलित छन् झण्डै १३ हजार चिकित्सक ?
-
रास्वपा लुम्बिनी प्रदेश अधिवेशन : सभापतिका लागि पुनः मतदान हुने
-
‘झोर्ले हजुर’ मार्फत विष्णु माझीले दिइन् सर्प्राइज
-
हाइटीविरुद्ध पहिलो हाफमा स्कटल्यान्डलाई अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण