समृद्धि फाइनान्स र फेवा बजार बीच कन्जुमर ईएमआई कर्जा प्रवाह सम्बन्धी सम्झौता
सोमबार, ३२ साउन २०७८, १८ : ४८
काठमाडौं । समृद्धि फाइनान्स र फेवा बजार बीच कन्जुमर ईएमआई कर्जा प्रवाह सम्बन्धी सम्झौता भएको छ ।
सो सम्झौतामा ५० हजारदेखि ५ लाखसम्मको सामाग्री खरिदमा शुन्य प्रतिशत व्याजदरमा फेवा बजार तथा फाइनान्सका ग्राहकहरुले ६ महिना देखि ३६ महिना सम्मका लागि कर्जा सुविधा पाउनेछन् ।
सम्झौतामा फाइनान्सका प्रमुख कर्जा अधिकृत सुभाष श्रेष्ठ र फेवा बजारका प्रमुख कार्यकारी अधिकृत सुजन आर्चायले हस्ताक्षर गरेका छन् ।
उक्त कर्जा बैंकका नयाँ तथा पुराना ग्राहकहरुलाई मध्यनजर गर्दै बनाइएको हो । यो कर्जाले ग्राहकहरुलाई आवश्यक इलेक्ट्रिक ग्याजेट तथा घरायसी सामग्री खरिद गर्न सहज हुने बताइएको छ ।