शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

विवाद भएपछि माधव नेपालको पार्टीको चुनाव चिन्हबारे टुंगो लागेन

बुधबार, ०२ भदौ २०७८, १७ : १२
बुधबार, ०२ भदौ २०७८

माधव कुमार नेपाल नेतृत्वको एमाले समाजवादी पार्टीको चुनाव चिन्ह के हुने भन्नेबारे अन्योलता भएको छ ।  यसअघि पार्टीले प्रस्ताव गरेको ‘खुला किताब’ चुनाव चिन्ह स्वागत नेपाल नेतृत्वको उन्नत लोकतान्त्रिक पार्टीसँग मिलेपछि आज त्यसबारे टुंगो नलागेको हो । 

नवगठित पार्टी एमाले समाजवादीका नेता राजेन्द्र पाण्डेले चुनाव चिन्हबारे पछि निर्णय हुने बताए ।  उनले यसअघि नै निर्वाचन आयोगमा कलम चुनाव चिन्ह भएको पार्टी पनि दर्ता भइसकेको भन्दै सो पार्टीसँग एकता गरेर पनि चुनाव चिन्ह लिन सकिने विकल्प रहेको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप