पूर्व युवराज पारस शाहको गेटअपमा भरतमणि देखिएपछि..
कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन २’ का प्रतियोगी भरतमणि पौडेल पूर्व युवराज पारस शाहको गेट अपमा देखिने भएका छन् । शनिबार साँझ प्रसारण हुने ‘कमेडी च्याम्पियन’ को नयाँ श्रृखंलामा उनी पूर्व युवराज शाहको गेट अपमा देखिन लागेका हुन् ।
शो को बिहीबार नयाँ ट्रेलर सार्वजनिक गरिएको थियो । जसमा भरतमणिको पूर्व युवराज शाहको गेटअपको छोटो प्रस्तुति समेत समेटिएको छ । समाचार तयार गर्दासम्म उक्त ट्रेलर ६ लाख ८५ हजार भ्युज पाएको छ । ट्रेलरमा पौडेलको गेटअप पूर्व युवराज शाहसँग हुबहु मिल्दो देख्न सकिन्छ । शाहकै हाउभाउमा उनले प्रस्तुति समेत दिएका छन् । प्रस्तुतिमा राजाको शासन समयमा कलाकार दरबार छिर्ने प्रसंगदेखि केही अगाडि पूर्व युवराज शाहको हेल्मेट काण्ड समेत समेटिएको ट्रेलरमा देख्न सकिन्छ ।
ट्रेलर सार्वजनिक भएपछि भरतमणिको यो लुक्सले चारैतिर चर्चा पाइरहेको छ । ट्रेलर युट्युबको ट्रेनिङमा पर्न सफल भएको छ । ताप्लेजुङबाट प्रतिस्पर्धामा सहभागी पौडेल यस अगाडि पनि पूर्व मन्त्री गोकुल बाँस्कोटासहित थुप्रै क्यारिकेचर गरेर चर्चामा छाएका थिए ।
‘कमेडी च्याम्पियन २’ को अहिले उत्कृष्ट ४ प्रतिस्पर्धा चलिरहेको छ । आज प्रसारण हुने प्रतिस्पर्धाबाट पौडेल उत्कृष्ट तीनमा पर्ने नपर्ने निक्र्याैल गर्नेछ । पौडेलसहित उत्कृष्ट ४ मा बिक्की अग्रवाल, सन्तोष थापा, हिक्मत महरा पनि छन् ।
प्रतियोगितामा उत्कृष्ट प्रस्तुति राख्दै दर्शक तथा निर्णायकका प्रिय बन्न सफल पौडेल उपाधिका दावेदार समेत मानिन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण