शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मुख्यमन्त्री कुलप्रसाद केसी नवलपरासीको बाढी प्रभावित क्षेत्रमा

आइतबार, १३ भदौ २०७८, १६ : ३२
आइतबार, १३ भदौ २०७८

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले नवलपरासीको बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका छन् । पश्चिम नवलपरासीमा बाढी तथा डुबानले भएको क्षतिबारे स्थलगत बुझ्न र प्रभावित घरपरिवार एवं क्षेत्रहरुको अवलोकनका लागि उनी परासी आएका हुन् ।

मुख्यमन्त्री केसीले बाढी तथा डुबानमा परेको परासी बजारको अवलोकन गरेका छन् । उनले बाढी प्रभावित पाल्हीनन्दन गाउँपालिकाका विभिन्न वडाको पनि अवलोकन गरेका छन् । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य घनश्याम यादवका अनुसार मुख्यमन्त्री केसीले सुनवल नगरपालिका–११ जर्गहास्थित खोलामा भाँचिएको पुलको समेत निरीक्षण गर्दै बाढीले कटान गरेको क्षेत्रमा तटबन्ध निर्माण गर्ने, भाँचिएको पुललाई चाँडै बनाइने आश्वासन दिएका छन् ।

त्यस्तै, बाढीबाट क्षति भएका घरलाई जनता आवास कार्यक्रममार्फत आवासको व्यवस्थापन गर्ने र बाढी प्रभावित किसान एवम् व्यापारीहरूलाई राहत प्याकेजमार्फत राहत वितरण गर्ने प्रतिबद्धता पनि उनले जाहेर गरेको यादवले बताए ।
मुख्यमन्त्री केसीले रामग्राम नगरपालिका–१८ पम्पापुरमा बाढीका कारण मृत्यु भएका बाबुछोराको घरपरिवारसँग पनि भेट गरेका छन् । बाढी प्रभावित क्षेत्रको अवलोकनमा मुख्यमन्त्री केसीसँगै लुम्बिनी प्रदेशका विनाविभागीय मन्त्री अजयकुमार शाही, माओवादी केन्द्रका केन्द्रीय सदस्य घनश्याम यादव, जिल्ला अध्यक्ष भविश्वर तिवारी, सुनवल नगरपालिकाका नगर प्रमुख भीमबहादुर थापा क्षेत्री, पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता, प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका अधिकारीहरु पनि सामेल थिए ।

अवलोकनकै क्रममा सुनवल नगरपालिका नगर प्रमुख थापा, पाल्हीनन्दन गाउँपालिका अध्यक्ष गुप्ताले आ–आफ्नो पालिकाभित्र बाढीले पु¥याएको क्षति र अवस्थाबारे मुख्यमन्त्री केसीलाई जानकारी गराएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप