अमेरिकाको टेक्ससमा गर्भपतनको बेग्लै कानुन : कस्ता महिला सबैभन्दा ठूलो मारमा पर्लान् ?
बुधबारदेखि अमेरिकाको टेक्सस राज्यमा गर्भपतनसम्बन्धी नयाँ कानुन लागू भयो । जसअनुसार गर्भ बसेको ६ हप्तापछि गर्भपतन गराउन पाइने छैन । सन् १९७३ मा त्यहाँको सर्वोच्च अदालतले गर्भपतनसम्बन्धी एउटा अधिकार स्थापित गरेको भए पनि टेक्सस राज्यले भने सङ्घीय सरकारको भन्दा फरक र अति कडा कानुन कार्यान्वयनमा ल्याएको छ ।
अन्य राज्यहरूले पनि यस्तै कानुन पारित गरेका छन् । तर, यी मापदण्डले कानुनी चुनौती सामना गर्नुपरेको छ । टेक्सस कानुन यसमध्ये कार्यान्वयन हुने पहिलो हो । अमेरिकी सर्वोच्च अदालतले बुधबार मध्यरातअघि नै यो कानुनमा रोक लगाउन अस्वीकार गरेको थियो । जुन शैलीले टेक्ससको कानुन लेखिएको छ, त्यस आधारमा हेर्दा यसलाई सर्वोच्च अदालतमा चुनौती दिन पनि मुस्किल पर्न सक्छ ।
टेक्सस राज्यस्थित गुटम्याचर इन्स्टिच्युटकी स्टेट पोलिसी एनालिस्ट एलिजावेथ नासले यसलाई असंवैधानिक बताएकी छिन् ।
के यो कानुनले गर्भपतनमा पूर्ण रोक लगाउँछ ?
जब भ्रूणमा कार्डियाक गतिविधि (हृदय गति) पहिचान हुन्छ, तब गर्भपतन गर्न पाइँदैन । झन्डै ६ हप्ताको गर्भावस्थामा यस्तो हुन्छ । यो निकै सुरुवाती अवस्था हो र धेरै महिलाहरूलाई यति बेलासम्म आफू गर्भवती भएको पत्तो हुँदैन ।
यति बेलासम्म महिलाहरूको महिनावारी रोकिएको हुन्छ । टेक्ससको कानुनअनुसार महिनावारी रोकिएको दुई साताभित्र महिलाले आफ्नो अवस्था पहिचान गर्नुपर्छ । उसले परीक्षणमार्फत् गर्भवती भए–नभएको पुष्टि गर्नुपर्छ र गर्भ राख्ने वा फाल्ने भन्ने निर्णय यही दुई साताभित्र लिनुपर्छ ।
धेरै महिलाहरूले आफ्नो महिनावारी चक्रलाई ख्याल गरिरहेका हुँदैनन्, कतिपयको महिनावारी नै अनियमित हुन्छ । वा उनीहरूले कहिले महिना पुग्छ भनेर ध्यान दिएका हुँदैनन् । ‘यस्तो हुने सम्भावना अति नै छ, ६ महिनाभित्र महिलाहरूले आफू गर्भवती भएको पत्तो नपाउने सम्भावना अति नै छ,’ अमेरिकन कलेज अफ अब्स्टे«टिसियन्स एन्ड गाइनोकोलोजिस्टका डाक्टर जेन्निफर भिल्लाभीसेसिन्योले भने ।
अल्ट्रासाउन्डमा पहिचान हुने कार्डियाक गतिविधि वास्तविक हृदय गति नरहेको उनले बताइन् । उनका अनुसार इलेक्ट्रिकल गतिविधिले यस्तो हुन्छ । तर, हृदयका भल्भ्सहरु यति बेलासम्म बनिसकेका हुँदैनन् । र यही आवाजले गर्भावस्थाको व्यवहारिक सङ्केत दिँदैन । ‘उनीहरूलाई गर्भधारणबारे जानकार हुन र त्यसलाई छोटो समयमा व्यवस्थापन गर्नका लागि निर्णय गर्न बाध्य पारिनु नैतिक रूपमा सही छैन,’ भिल्लाभीसेसिन्योले भनिन् ।
बलात्कार, हाडनाता करणी र आमाको सुरक्षाका सवालमा यो कानुन आकर्षित हुन्छ वा हुँदैन ?
यो कानुनले बलात्कार वा हाडनाता करणी भन्दैन । अर्थात्, यी अवस्थामा पनि कानुन लागु हुनेछ । स्वास्थ्यका कारण अर्थात् आमाको सुरक्षाको सवाल निम्तिएमा गर्भपतन गर्न सकिन्छ । तर, गर्भवती हुनु आमाको जीवनका लागि घातक छ भने मात्रै यस्तो गर्न पाइन्छ । ‘यो निकै साँघुरो अपवाद हो,’ भिल्लाभीसेसिन्योले भनिन् ।
तर, कस्ता अवस्थामा आमाको स्वास्थ जोखिममा हुनेछ भनेर विस्तृत रूपमा उल्लेख गरिएको छैन । ‘पक्कै पनि स्वास्थ सेवा दिनेहरु यस कानुनको व्याख्या गर्ने क्रममा धेरै पुरातनवादी हुनेछन् किनकी उनीहरूले लाईन क्रस गर्न चाहन्नन्,’ भिल्लाभीसेसिन्योले भनिन् ।
के अमेरिकामा टेक्ससको कानुन सबैभन्दा कडा हो ?
जर्जिया, मिसिसिपी, केन्टुकी र ओहायोले पनि हर्टबिट कानुन पारित गरेका छन् । जसअनुसार अल्ट्रासाउन्ड स्क्यानमा एकपटक कार्डियाक गतिविधि पहिचान भएपछि गर्भपतन गर्न पाइँदैन ।
यी कानुनले पनि ६ सातापछि गर्भपतनलाई रोक लगाउनेछन् । तर, यी राज्यहरूमा कानुनी झमेलाका कारण यो नयाँ नियम लागू भइसकेको छैन । रो ई वाडेले तय गरेको कानुनी मापदण्डभन्दा १८ साताले चाँडो हो ।
रोय भी वाडेले २४ सातासम्म गर्भपतन गर्न पाइने कानुन तय गरेका थिए । टेक्ससमा गर्भपतन सेवा उपलब्ध गराउनेहरुको अनुमानमा गर्भपतन गराउने ८५ प्रतिशत बिरामीहरू कम्तीमा ६ हप्ता नाघिसकेका गर्भवती हुन्छन् र राज्यको नयाँ कानुनअनुसार उनीहरूले अब हेरचाह पाउने छैनन् ।
टेक्सस कानुनको सबैभन्दा ठूलो मार
टेक्ससमा आमा बन्ने उमेरका महिलाहरूको सङ्ख्या ७० लाख छ । र नयाँ कानुन लागू भएकाले उनीहरूलाई गर्भपतन गराउन समस्या हुनेछ । ठूलो समस्या जोखिम जनसङ्ख्यामा हुन्छ । यसमा किशोरीहरू समावेश छन्, जसलाई आफू गर्भवती भएको निकै ढिलो मात्रै थाहा हुन्छ । यसमा कम आय भएका व्यक्ति पर्छन्, जसलाई गर्भपतनको प्रक्रिया पूरा गर्नका ५ सय ५० डलर खर्चन मुस्किल छ । र अश्वेत तथा कागज नभएका आप्रवासीहरू पर्छन् । गुटम्याचर इन्स्टिच्युटका अनुसार टेक्ससमा २०१९ मा गर्भपतन गर्नेमध्ये ७० प्रतिशत अश्वेत महिला थिए ।
कम आय भएका महिलाहरूका लागि गर्भपतनमा सहयोग गर्दै आएको संस्था टेक्सस इक्वेल एक्सिस फन्डकी कार्यकारी निर्देशक कम्योन कोन्नरले नयाँ कानुनले अश्वेत महिलाहरूमा पार्ने सम्भावित असरलाई लिएर आफू चिन्तित भएको बताइन् । उनका अनुसार अहिल्यै अश्वेत जनसङ्ख्यामा मातृ शिशु मृत्युदर उच्च छ ।
कागज नभएका महिलाहरूलाई उपचारका लागि राज्यका अन्य स्थान सहजै जान मुस्किल छ । र, दीर्घ रोग भएका महिलाहरूमा गर्भधारण घातक बन्न सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पाँचौँ आइवार्ट नेपाल छोटो चलचित्र प्रतियोगिता २०२४’ सम्पन्न
-
छेबाङ लामाको ‘एकोहोरो माया’ मा मिरुनाको अभिनय
-
पाकिस्तानमा बन्दुकधारीको आक्रमण, ६ सैनिकको मृत्यु
-
दक्षिण कोरियाका राष्ट्रपति यूनविरूद्धको महाभियोग प्रस्ताव विफल
-
सम्झौता मितिभन्दा सात महिनाअघि नै बन्यो पुल
-
१० बजे १० समाचार : कांग्रेसमा किचलोदेखि गोपाल हमाललाई मस्तिष्कघातसम्म