शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि

मङ्गलबार, २२ भदौ २०७८, १८ : २८
मङ्गलबार, २२ भदौ २०७८

कर्णाली प्रदेशमा मंगलबार थप ३४ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ। 
११७ जनामा गरिएको आरटी–पीसिआर विधिबाटको कोरोना परीक्षणका क्रममा २३ र ८६ जनामा गरीएको एन्टिजेन विधिबाटको परीक्षणका क्रममा ११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । 

मंगलबार सबैभन्दा धेरै सुर्खेतमा १३, जुम्लामा ८,मुगुमा ३, सल्यानमा १, दैलेखमा २,रुकुमपश्चिममा १, कालिकोटमा ५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य सेवा निर्देशनालयले जानकारी दिएको छ।

यस्तै २४ जनाले कोरोना भाइरसको संक्रमणलाई जितेर डिस्चार्ज भएका छन् भने सक्रिय संक्रमितको संख्या ५०१ जना रहेको छ। मंगलबार कर्णालीमा कोरोना भाइरसको संक्रमणका कारण कसैले पनि ज्यान गुमाएका छैनन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप